५० लाख रुपैंया बराबरको आर्थिक कारोबार गर्दै सकियो आँबुखैरेनी महोत्सव

तनहुँ, २९ माघ ।
५० लाख रुपैंया बराबरको आर्थिक कारोबार गर्दै आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ मंगलबार सकिएको छ । नेपाल आदीबासी जनजाती महासंघ गाउँ समन्व्य परिषद आँबुखैरेनी ईकाइ समितीको आयोजनामा सैंबोटे माघ १७ गतेबाट सुरु भएको महोत्सव समापन भएको हो ।

“अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातीको पहिचान संरक्षण गर्ने आदीबासीको अभियान” भन्ने मूल नाराका साथ सञ्चालित महोत्सव अवधिभर १ लाख दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवकी प्रवक्ता मिलन भूजेलले जानकारी दिए । स्थानीय उत्पादन, जातजातिको नमुना घर, राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती, स्थानीय आदीबासी जनजातीको संस्कृति, भेषभूषा, खानाका परिकार, कौंरा प्रतियोगिता, रत्यौंली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषि प्रदर्शनी लगायत महोत्सवको मुख्य आकर्षणहरु रहेका थियो ।

भूजेलले आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक समितीका अध्यक्ष तथा महोत्सवका संयोजक रेशम भुजेलको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले आँबुखैरेनीमा पहिलो पटक आयोजना गरिएको र सफल भएको प्रतिक्रिया दिए । मेला महोत्सवले स्थानीय संस्कृतिसँगै स्थानीय उत्पादको बजारीकरणमा समेत टेवा पुग्ने उनको भनाइ थियो ।

You might also like

Comments are closed.