५१ हजार कर्मचारीले समायोजन रोजे, समय अझै दुई दिन बाँकी

काठमाडौं, ३० पुस । ५१ हजार ३ सय २२ जना कर्मचारीले समायोजन रोजेका छन् । कर्मचारी समायोजनका लागि फाराम भर्न अझै दुई दिन समय बाँकी छन् । बुधवारसम्म समायोनजका लागि फाराम भर्ने अन्तिम समय सीमा तोकिएकाले संख्या अझै बढ्नेछ ।

यही पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा सो संख्याले फाराम भरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिइन् ।

अनलाइन फारामका २४ घण्टा नै खुला गरिएको छ । उनका अनुसार संघमा ३६ हजार ११०, प्रदेशमा ४४ हजार ७६३ र स्थानीय तहमा २ लाख ४८ हजार ६६० ले समायोजन रोजेका छन् । कर्मचारीले प्रदेश र स्थानीय तहमा एकभन्दा बढी रोज्न पाउने व्यवस्था रहेको छ । सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना कर्मचारी समायोजन गरिँदैछ ।

उनका अनुसार ७० हजार ३५७ अनलाइन फाराम भरेकामध्ये १९ हजार ३५ ले फाराम भरेपछि रोज्न बाँकी छ । सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ ।

You might also like

Comments are closed.