पोखरा, ३२ असार ।
५६ औं इन्जिनियर्स दिवशको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन, क्षेत्रिय केन्द्र पोखराले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत शनिबार पोखरामा प्रथम इन्जिनियर्स रनिङ्ग शिल्ड फुटशल प्रतियोगिता सम्पन्न भयो । १६ टिम सहभगि प्रतियोगिताको फाइनलमा रोशन एण्ड ब्रदर्शले टिन आर्टेकलाई ३–२ गोलले पराजित गर्दै प्रथम स्थान हाँसिल गरेको छ ।
आपसि सद्भाव र भाइचारा सम्बन्ध विकासको उद्धेश्य सहित आयोजित प्रतियोगिताको विजेताले बोका, रनिङ्ग शिल्ड, मेडल तथा उपविजेताले मेडल सहित भाले पुरस्कार प्राप्त गरेका छन् । विजेता टिमलाई केन्द्रका अध्यक्ष ई.ब्रिजेन्द्र केसीले एक समारोहका विच पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रम अन्तर्गत सोमबार तालबाहारी मन्दिर परिषरमा सरसफाई, मंगलबार पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा रक्तदान, सोहि दिन महिला इन्जिनियरहरुविच व्याडमिण्डन प्रतियोगिता, बुधबार एशियन पेन्ट्सको सहयोगमा सरस्वती आधारभुत विद्यालय, सार्दिखोलालाई रंगरोगन सामग्री हस्तान्तरण तथा विहिबार कार्यशाला तथा पुरस्कार वितरण सहित कार्यक्रमको समापन गरिने समितिका सदस्य ई.किरण केसिले जानकारी दिए ।