६ लाख मूल्यको क्रसफायरको नयाँ डट बाइक नेपाली बजारमा

काठमाडौं । क्रसफायरको नयाँ मोटरसाइकल नेपाल भित्रिएको छ । उक्त ब्राण्डको अल न्यू एनसी २५० डट बाइक नेपाल आएको हो । यो मोटरसाइकल क्रसफायरको एसजेड २५० आरआरको परिमार्जित मोडल भएको कम्पनीले जनाएको छ । उक्त बाइकको मुल्य ५ लाख ९९ हजार पर्ने नेपालस्थित आधिकारिक बितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्टले जनाएको छ ।

नेपालका अधिकांश बाटो अफरोडयुक्त भएको हुँदा पछिल्लो समय डट बाइकको माग उच्च रहँदै आएको छ । विशेषत युवा राइडरहरुले यस्ता बाइक बढी रुचाउने गरेका छन् । सोही कुरालाई मध्येनजर गरी कम्पनीले पछिल्लो समय नयाँ नयाँ डिजाइनका डट बाइक सार्वजनिक गर्दै आइरहेको छ ।

केही समयअघिमात्र कम्पनीले डुअल स्पोर्ट मोडलको जीआर ७ बाइक सार्वजनिक गरेको थियो । क्रसफायरका बाइकहहरु आकर्षक डिजाइन, स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र मनै लोभ्याउने ग्राफिक्सका कारण युवा राइडरमाझ लोकप्रिय बनिरहेको छ ।

You might also like

Comments are closed.