पोखरा, ३ फागुन । पोखराको मुटु न्युरोडमा अत्याधुनिक सुविधा सम्पन्न सिटी स्क्वायर व्याङ्क्युट एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ । सफल युवा उद्यमीहरुको ७ करोड रुपैयाँको संयुक्त लगानीमा संचालनमा ल्याईएको व्याङ्क्युटले शुक्रवार देखीपूर्ण क्षमतामा सेवा दिने तयारी थालेको छ ।
बजारको केन्द्रमा रहेको व्याङ्क्युट तथा रेष्टुरेन्टले गुणस्तरिय तथा ग्राहकहरुको रोजाई अनुसारको सेवा दिने दावी गरेको छ । व्याङ्क्युटमा ठूलो देखी साना सवै खालको कार्यक्रमहरु गर्न मिल्ने ४ सय, २ सय ५०, ६० र १५ जना क्षमताका ४ वटा हलहरु छन् भने ७० जना क्षमताको रेष्टुरेन्ट तथा बार पनि छ । चारवटैहलहरु आधुनिक तरिकाले निर्माण गरिएको साथै एयर कन्डिसन र साउन्डप्रुफ रहेका छन् । विभिन्न कार्यक्रम तथा उत्सवको लागि आवश्यकता वमोजिमको सेवाका साथ कार्यक्रम गर्न सकिने छ । परिसरमै वार, कफि सप तथा जुस कर्नर छ ।
‘पोखरा अव प्रदेशको राजधानीमात्र नभई अन्तराष्ट्रिय शहर वन्दै छ । पर्यटकीय शहरमा अत्याधुनिक सुविधा सम्पन्न व्याङ्क्युट पनि आवश्यक छ ।’ सिटी स्क्वाएर व्याङ्क्युट एण्ड रेष्टुरेन्ट प्रालिका अध्यक्ष प्रमेश पराजुलीले भने ‘बजारको नजिकै सुविधा सम्पन्न हलको अभावमा अन्यत्र भौतारिनु पर्ने समस्या अव हुँदैन । उत्कृष्ट सेवादिने गरि हामी आएका छौँ’।
विवाह, व्रतवन्ध लगायतका कार्यक्रमहरुको लागि पनि मन्डपदेखी आवश्यक सवै सुविधा एकै ठाँउमा भएको कम्पनीको भनाई छ । कम्पनीका दक्ष र व्यवसायिक ५० जना जनशक्तिले सेवादिने प्रवन्ध निर्देशक आदर्शमान श्रेष्ठले वताए । ‘हामीसँग भएको सवै जनशक्ति अनुभवी र दक्ष छन् । ग्राहकको रोजाई अनुसारको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धताका साथ आएका छौँ’। श्रेष्ठले भने ‘बजारको केन्द्रमा भएपनि पर्याप्त पार्किङको लागि ठाउँ छुट्टाएका छौँ’।
Dherai badhai ra shubha kkamana . yuba udhyami yubaharuko prayas purna safal hunchha .
👍Best of luck..:
Well done 👍🏻. Best of luck for successful running.