७ सय वटा कार पार्किङबाट हटाएर सिटी सेन्टरमा साइकल स्ट्यान्ड

काठमाडौ. । प्रदूषणमुक्त रहन र ट्राफिक जाम जस्ता समस्यालाई न्युनीकरण गर्नको लागि नर्वे सरकारले अनेक प्रतिबन्ध लगाएको छ । नर्वेको राजधानी ओस्लोमा पनि सार्वजनिक स्थलमा पार्किङ क्षेत्र हटाइएको छ ।

ओस्लोको प्रशासनले त्यहाँको लोकप्रिय स्थल र भीडभाड क्षेत्र तथा सिटी सेन्टरबाट ७ सय कार पार्किङ हटाएको छ । प्रशासनले पार्किङको स्थानमा साइकल स्ट्यान्ड र बस्नको लागि बेन्च राखेको छ । आपतकालीन पार्किङको लागि भनेर सिटी सेन्टरमा ५० पार्किङ मात्र बाँकी रहेको छ ।

प्रशासनले सिटी सेन्टरबाट कार पार्किङ हटाउनुका साथै शहरको केही स्थानको रुट पनि परिवर्तन गरेको छ । केही सडकलाई वान वे बनाएको छ भने केही सडकमा कार चलाउन प्रतिबन्ध लगाएको छ । यस्तोमा कार चालकहरुलाई गुगलको नक्सामा सही बाटो खोज्न कठिन भएको छ । ओस्लो शहरमा गुगल निकै कम स्पिडमा चल्छ ।

प्रदूषण र ट्राफिक जाम न्यूनीकरण गर्नको लागि यूरोपका अन्य देशहरुले पनि कारमा फरक फरक प्रतिबन्ध लगाएका छन् । लन्डन र स्टकहोममा व्यस्तताको समयमा कार आवतजावतको लागि छुट्टै करको व्यवस्था गरिएको छ ताकि कारमा मानिसहरु कम यात्रा गरुन् । फ्रान्सको पेरिस शहरमा पनि विशेष दिनमा कार चलाउन प्रतिबन्ध लगाइएको छ ।

You might also like

Comments are closed.