अटोमोबाइल व्यवसायीहरुको चुनावी चहलपहल, अध्यक्षमा दुलाल र कपुरीको प्रतिस्पर्धा

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४३औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम आगामी पुष ४ गते हुने भएको छ । नाडाका अनुसार उम्मेदवारहरुको मनोनयन दर्ता यही मंसिर २९ गतेका लागि तय गरेको छ । त्यस्तै मतदाताको अन्तिम नामावली २६ गते प्रकाशित हुनेछ ।

नाडाको विधान अनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ । संस्थाको पदाधिकारीहरु भने कार्यसमितिबाटै चयन हुने व्यवस्था रहेको छ ।

नाडाको आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय कृष्णप्रसाद दुलाल र प्रकाश कपुरीले उमेद्वारी दिने भएका छन् । पछिल्लो समय नाडाको नेतृत्वका लागी ठूलै प्रतिस्पर्धा हुने गरेको छ । जसका कारण उक्त पदका आकांक्षीहरुले आ–आफ्नो प्यानल सहित चुनाबी मैदानमा उत्रने गरेका छन् ।

You might also like

Comments are closed.