अटो व्यवसाय बन्द गर्न अपिल

पोखरा । संसारभर फैलिएको कोरोना भाइरसको कारण नेपालमा सतर्कता अपनाउने क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न सरकारले गरेको अपिललाई पालना गरी सम्पूर्ण अटो व्यवसाय बन्द गर्न पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले अपिल गरेको छ ।

फर्म, शोरुम, कम्पनी, पसल बन्द गरी सुरक्षित रहन एसोसिएसनका महासचिव राघब सिलवालद्वारा हस्ताक्षरित अपिलमा आग्रह गरिएको छ । व्यवसायीहरुले स्वतस्फूर्त रुपमा सरकारलाई सहयोग गर्नुपर्ने समय आएको अध्यक्ष चन्द्रबहादुर कुँवरले बताए ।

You might also like

Comments are closed.