अत्याधिक मतका साथ विजयी हुन्छुः पोखरेल

नगेन्द्र प्रसाद पोखरेल
कार्यसमिति सदस्य पदको उम्मेदवार
पोखरा उद्योग वाणिज्य संघ, ३२औं महाधिवेशन

युवा व्यवसायी नगेन्द्रप्रसाद पोखरेल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा उम्मेदवार छन् । संघको शनिबार हुने मतदानबाट आफू अत्याधिक मतका साथ विजयी हुनेमा विश्वस्त रहेको बताउँछन् पोखरेल ।

‘घरदैलो अभियानका क्रममा मलाई आम उद्योगी व्यवसायीको उत्साहजनक साथ मिलेको छ,’ उनले भने, ‘अत्याधिक मतका साथ विजयी हुनेमा म पूर्ण विश्वस्त छु ।’

पोखरा ट्रेड मल र प्रकृति फेन्सीका सञ्चालक पोखरेल विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् । बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पोखरेल फेन्सी तथा रेडिमेट व्यवसायी संघका सल्लाहकार हुन् ।

सर्वेस्वर मार्ग व्यवसायी समितिका सल्लाहकार समेत रहेका उनी लायन्स क्लब अफ पोखरा न्युरोड चौतारीका निबर्तमान अध्यक्ष हुन् । नेपाल रेडक्रस सोसाइटी कास्कीका आजीवन सदस्य रहेका पोखरेल सामाजिक काममा निकै रुची राख्छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.