अत्यावश्यक बस्तु घरमै डेलिभरी गर्दै सस्तोडिल डट कम

सस्तोडिल डट कमद्वारा ट्राफिक प्रहरीलाई सहयोग

काठमाडौं । नेपालको इ कमर्स कम्पनी सस्तोडिल डट कमले लकडाउनको प्रतिकुल अवस्थामा अत्यावश्यक बस्तुको घरैमा डेलिभरी सेवा सुरु गरेको छ । उपभोक्ताले सस्तोडिल डट कमको वेबसाइटमा गएर आफूलाई आवश्यक सामग्री अर्डर गरेपछि कम्पनीले काठमाडौं उपत्यका भित्र घरैमा डेलिभरी गर्ने कम्पनीका संस्थापक अमुन थापाले बताए । त्यसका लागि न्युनतम एक हजार रुपैयाँको खरिद गर्नुपर्ने हुन्छ ।

अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइनबाटै पैसा तिर्न सक्छन् । पैसाबाट कोरोना (कोभिड–१९) सर्न सक्ने भएकाले नगद भन्दा अनलाइनबाट गरिने भुक्तानीलाई प्रोत्साहन गरि क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सकिने थापाको भनाइ छ । सेल पेबाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा दस थान मास्क निःशुल्क प्राप्त गर्नेछन् । कोरोना राहत कोषमा एन एम बि बैंकको कार्ड मार्फत भुक्तानी गर्दा पन्ध्र प्रतिशत र आइ एम इ पे मार्फत भुक्तानी गर्दा दुई सय पचास रुपैयाँ सहयोग गरिने थापाले जानकारी दिए ।

jutta mela

अनलाइन भुक्तानी गर्न असमर्थ ग्राहकको लागि डेलिभरीको बेला नगद तिर्ने सुबिधा समेत रहेको छ । नेपाल सरकारले विद्युतको महशुलमा छुट दिएसँगै र बजारमा ग्यासको सर्वसुलभता नभएको सन्दर्भमा इन्डक्सन चुलो र राइसकुकरको माग बढेको थापा बताउँछन् ।

सस्तोडिलका काममा खटिने कर्मचारीले पिपिइ प्रयोग गरि काम गर्छन् । स्वास्थ्य साबधानी अपनाउनुपर्ने समय भएकाले कर्मचारीको साथै उपभोक्ताको स्वास्थ्यको मध्यनजर गर्दै काम गरेको बताइएको छ ।

सस्तोडिल डट कमद्वारा ट्राफिक प्रहरीलाई सहयोग

जोखिम समयमा जनताको सेवामा खटिएका ट्राफिक प्रहरीलाई सस्तोडिल डट कमले मास्क र सेनिटाइजर सहयोग गरेको छ । एन ९५ मास्क २०० थान, सर्जिकल मास्क ५०० थान र १०० थान सेनिटाइजर ट्राफिक प्रहरी प्रमुख एस एस पि भीम प्रसाद ढकाललाई हस्तान्तरण गरिएको हो ।

You might also like

Comments are closed.