अत्यावश्यक सामानको ढुवानी निर्वाध (प्रशासनको विज्ञप्तिसहित)

पोखरा । कोरोना रोकथाम गर्ने उद्देश्यले चैत ११ देखि १८ गतेसम्म नेपालमा लकडाउन गरिएको छ । लकडाउनको समयमा मानिसहरुलाई घरमै बस्न आह्वान गरिएको छ भने निजी तथा सार्वजनिक सवारी साधन चलाउन निशेष गरिएको छ ।

यद्यपि, अत्यावश्यक सामानहरुको ढुवानी निर्वाध रुपमा गर्न कास्की प्रशासनले आग्रह गरेको छ । कास्कीका प्रमुख जिल्ला ढकालले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सामग्रीहरुको निर्वाध रुपमा आपूर्ति व्यवस्था मिलाइने बताएका छन् ।

औषधी तथा स्वास्थ्य सेवा सम्बद्ध उपकरण, खाद्यान्न, तरकारी, दूध, पानी र इन्धन लगायतका बस्तुलाई अत्यावश्यक सामानमा राखिएको छ ।

You might also like

Comments are closed.