अनलाइनबाट अध्ययन गर्दै प्रतिभा माविका विद्यार्थी

पोखरा । पोखराको प्रतिष्ठित शिक्षा प्रदायक संस्था प्रतिभा माविले विद्यार्थीलाई अनलाइनबाट अध्ययनको व्यवस्था गरेको छ । लकडाउनका कारण पढाई प्रभावित भएपछि विद्यालयले बिगत २ सातादेखि अनलाइन कक्षा नियमित सञ्चालन गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

१०, ११ र १२ कक्षाका विद्यार्थीलाई मध्यनजर गरी अनलाइन कक्षा सञ्चालन भइरहेको हो । १ देखि ९ कक्षाका विद्यार्थीलाई समेत अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकहरुलाई तालिम दिइरहेको प्रतिभा माविका डाइरेक्टर कोअर्डिनेटर किरण सापकोटाले जानकारी दिए ।

भविष्यमा आफैले प्रविधि विकास गरी अनलाइन कक्षालाई निरन्तरता दिने योजना रहेको सापकोटाले बताए । ‘अनलाइन कक्षा सञ्चालने विद्यार्थीको अध्ययनलाई निरन्तरता प्रदान गरेको छ,’ उनले भने, ‘विद्यार्थीलाई प्रविधिमैत्री बनाउनुका साथै लकडाउनका समयमा पनि अध्ययन गर्ने परिपाटीको विकास भएको छ ।’

jutta mela

पोखराको प्रतिष्ठित विद्यालय प्रतिभा मावि ३४ वर्षदेखि सञ्चालनमा छ । इन्जिनियरिङ र मेडिकल साइन्स अध्ययन गर्नका लागि सजिलो होस भनेर कक्षा ११ र १२ मा एम्सिच्युट (मल्टिपल च्वाइस क्वोइसन्स) तयारी कक्षासमेत हुन्छ । प्रतिभा मावि आइएसओ सर्टिझाइड विद्यालय हो ।

गत वर्ष कक्षा १२ को नतिजामा ३.९२ जिपिएसहित प्रतिभा विद्यालयका सुरती पाण्डे देशकै सर्वोत्कृष्ट विद्यार्थी बनेकी थिइन् । पोखरामा धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयसमेत प्रतिभा मावि हो । कक्षा ११ र १२ मा मात्रै अहिले १ हजार १२ जना विद्यार्थी अध्ययनरत रहेको सापकोटाले जानकारी दिए ।

You might also like

Comments are closed.