अनलाइन शिक्षा रोकिएको प्रति क्यानको ध्यानाकर्षण

कम्प्युटर एशोसिएन महासंघ नेपाल (क्यान) कास्की शाखाले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको छ ।

कास्कीका केही विद्यालयले अनलाइन कक्षा संचालन शुरु गरेसँगै महानगरले कक्षा बन्द गर्न दिएको निर्देशनप्रति क्यान कास्कीको ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । विद्यार्थीले घरमा नै बसेर केही न केही सिक्ने अवसर पाउने हुँदा अनलाइन कक्षालाई सकारात्मक रुपमा लिनुपर्ने क्यान कास्कीले जनाएको छ ।

लक डाउनको समयावधिको टुङ्गो नभएको अवस्थामा ग्रामीण ईलाकामा रहेका विद्यार्थीको लागि पनि ईन्टरनेटको पहुँच विस्तार गरिनु आवसश्यक रहेको बताइएको छ । सम्भव भएका विद्यालयलाई अनलाइन कक्षा संचालन गर्ने अनुमति दिन र नभएकाहरुले पनि क्षमता अभिवृद्धि गर्न आग्रह गरिएको अध्यक्ष विश्वास भण्डारीले बताए ।

You might also like

Comments are closed.