अनुकूल कृषि सहकारीको आयोजनामा रक्तदान कार्यक्रम

पोखरा,२५ मंसिर
अनुकुल कृषि सहकारी संस्थाले आफ्नो तेस्रो बार्षिक उत्सबको अबसरमा रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रमुख अथिती जिल्ला सहंकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीले सस्थाले आफ्नो स्थापना काल देखिनै समाजिक काम गर्दै आएकोमा खुशी ब्यक्त गरे । समाज लाई बुझेर आई पर्ने जस्तो सुकै कठिनाईमा पनि सस्थालाई खुलेर लाग्न पनि सुझाव दिए ।

तिवारीले पहिलो रक्तदाता बिष्णु प्रसाद सुबेदीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।उक्त कार्यक्रममा ३८ युनिट रक्तदान गरिएको थियो ।

यसै अबसरमा सस्थाले ओमकारेश्वर मन्दिर पोखरा ३० लाई आर्थिक सहयोग गरेको सस्थाका सचिब तथा प्रबन्ध निर्देशक अनिल सुवेदीले जानकारी दिए ।

सस्थाका अध्यक्ष नरेन्द्र कुमार कार्की को अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत कार्यक्रम संयोजक निर्दोष डुम्रे र सन्चालन सचिब तथा प्रबन्ध निर्देशक अनिल सुवेदीले गरेका थिए ।

You might also like

Comments are closed.