अन्तर्राष्ट्रियस्तरको व्यायामशाला ‘बब्स् जिम लेकसिटी’ लेकसाइडमा

आर्थिक आवाज
पोखरा । अत्याधुनिक सामग्रीहरु सहितको नयाँ जिमहल पोखराको लेकसाइडमा संचालनमा आएको छ । ‘बब्स्जिम लेकसिटी’ जिम हल पोखराकै सबैभन्दा अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको भएको सञ्चालक वैभव पौडेलले बताए ।

युवा व्यवसायी वैभव पौडेल र केशव उदासको संयुक्त लगानीमा यो जिमहल संचालनमा आएको हो । ‘लेकसाइड विशेषगरि विश्वभरका मानिसहरु आउने प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ एउटा अन्तर्राष्ट्रियस्तरको व्यायामशालाको आवश्यकता महसुस गरी लगानी गरेको पौडेलले बताए । ‘पोखराको आवश्यकतालाई हामीले परिपूर्ति’ गर्ने प्रयत्न गरेका हौं,’ पौडेलले भने, ‘सेवा सुविधाको हिसाबले हामीले कुनै कम्प्रोमाइज गरेका छैनौं ।’

jutta mela

साउना बाथ, स्टिम बाथ, हट वाटर शावरसँगै कफिशप र प्रशस्त पार्किङ यो जिमहलको विशेषता हुन् । त्योसँगै सार्वजनिक बिदामा पुरै दिन र शनिबार मध्यान्ह १२ बजेसम्म जिम संचालनमा ल्याउने संचालकहरुले बताएका छन् ।

लेकसाइडको चौथो र पाँचौ स्ट्रिटको बीचमा रहेका एमबीए प्लाजा परिसरभित्र यो जिमहल संचालनमा आएको छ । जिममा अत्याधुनिक कार्डियो मेशिन राखिएको छ । १२ वटा कार्डियो मेशिन रहेको जिममा अरु ५० वटा भन्दा बढि व्यायाम मेशिनहरु पनि छन् । ‘तौल घटाउने, आवश्यकता अनुसारको शारिरीक बनावट बनाउने, जुम्बासँगै अन्य थुप्रै फिटनेश प्रशिक्षण पनि दिने व्यवस्था गरेका छौँ ।’ जिममा मूख्य प्रशिक्षक समेत रहेका संचालक केशव उदासले भने, ‘र, यो लेभलमा सेवादिन सक्ने गरी खुलेको जिमबब्स् जिम नै हो ।’

करिब ३ करोड रुपैयाँ लगानीमा संचालनमा आएको जिमहलमा सिक्न आउने प्रशिक्षार्थी तथा खेलाडीहरुका लागि व्यवस्थापनले मिस्टर वल्र्डका गोल्ड मेडलिस्ट महेश महर्जन र पावर लिफ्टिङका नेशनल च्याम्पियन ज्योती थापालाई ‘गेस्ट ट्रेनर’को रुपमा नियुक्त गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मिस्टर वल्र्ड महर्जनले पोखरामा यसरी ट्रेनरको रुपमा एउटा गज्जबको जिमहलसँग एशोसियट हुन पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिए ।
बब्स जिमको आधिकारिक उद्घाटन कात्तिक ९ गते शनिबार हुनेछ । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले जिमहलको उद्घाटन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैबीच जिमको संचालकहरुले उद्घाटन विशेष छुट प्याकेज पनि सार्वजनिक गरेका छन् । यो प्याकेज अन्तर्गत जिममा आउने नियमित खेलाडी तथा जिमरहरुले एकमुस्ट त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रकम बुझाएको खण्डमा सोही अनुसारको रकम छुट पाउनेछन् । त्यो बाहेक व्यायाम गर्दा आवश्यक सामग्री र प्रोटिनको खरिदमा १० प्रतिशत छुट पाउने संचालकहरुले बताएका छन् ।

You might also like

Comments are closed.