अन्तर लायन्स क्विजको उपाधि पोखरा आदर्शलाई

आर्थिक आवाज
पोखरा, १९ माघ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालद्वारा आयोजित अन्तरलायन्स क्विज प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा आदर्शले जितेको छ । शनिबार पोखरामा भएको फाइनल प्रतिस्पर्धामा अन्य ६ क्लबलाई पछि पार्दै पोखरा आदर्शले उपाधि रक्षा गरेको हो ।

प्रतिस्पर्धामा लायन्स क्लब अफ बागलुङ पञ्चकोट द्वितीय र तनहुँ व्याससिटी तृतीय भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले लायन्स सदस्यहरुको अध्ययन क्षमता बढाउन प्रतियोगिता सहयोगी बनेको बताए ।

क्विज कन्टेष्ट कमिटि चियरपर्सन विष्णु बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याबिनेट सेक्रेरी राम बसेल, पिआरओ परमेश्वर बराल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.