अन्नपूर्णका ७ स्थानमा क्वारेन्टाइन, विदेशबाट आएका १७ जनालाई क्वारेन्टाइनमा राखियो

विदेशबाट आएका तथा सक्रमित भेटिएमा तुरुन्तै खवर गर्न आग्रह

अन्नपूर्ण । अन्नपूर्ण गाउँपालिकाले पालिका क्षेत्र भित्रका कुल ७ स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ । कोरोना भाइसर (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले क्षत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले, हिमालयन देउराली रिर्सोट सिम्पाली, माछापुच्छे« मावि ढिकुरपोखरी, प्रगतिशील मावि सल्यान, संगम मावि लुम्ले, दाङसिङको विरेठाँटी मावि र घान्द्रुकको मेश्रमबराह माविमा क्वारेन्टाइन स्थापना गरेको हो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा ५० बेडको, हिमालयन देउराली रिर्सोटमा ३० तथा विद्यालयहरुमा समान २५ वेडका गरी कुल २ सय ५ वेडमा क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिए ।

सर्वप्रथम निजी घरमा नै होम क्वारेन्टाइनमा राख्ने तथा घरमा राख्न सक्ने अवस्था नभएका तथा शंकास्पद सक्रमितलाई तोकिएका स्थानमा जुनसुकै समयमा पनि राख्न सक्ने गरी तयारी भएको जनाएको छ । सक्रमण फैलिएयता कुल १७ जना मानिस विदेशबाट गाउँपालिका आएकोमा उनीहरु यतिबेला होम क्वारेन्टाइनमा छन् । गाउँपालिका अध्यक्ष युवराज कुँवरले विदेशबाट आएका तथा सक्रमित भेटिएमा तुरुन्तै खवर गर्न पनि आग्रह गरेका छन् ।

jutta mela

कोरोना भाइरसको जोखिम तथा संक्रमण नियन्त्रणका लागि क्वारेन्टाइन प्रभावकारी हुने र संकटको अवस्थामा राज्यलाई सहयोग गर्नुपर्ने दायित्वलाई आत्मसात गर्दै रिसोर्टलाई क्वारेन्टाइन बनाइएको हिमालयन देउराली रिर्सोटका सञ्चालक विन्दा रायमाझीले जानकारी दिइन् ।

You might also like

Comments are closed.