पोखरा । निर्माणाधीन अन्नपूर्ण केबलकार प्रा.लि. पोखराले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै प्रा.लि.ले ट्राफिक प्रहरीलाई सेनिटाइजर, माक्स र ग्लोब्स सहयोग गरेको हो
एक हजार वटा मेडिकल माक्स, २ सय वटा एन९५ माक्स, २ सय वटा ग्लोब्स र १५ लिटर सेनिटाइजर सहयोग गरिएको सञ्चालक तीर्थराज त्रिपाठीले जानकारी दिए । कोभिड महामारीको समयमा अग्रभागमा रहेर काममा खटिएका प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । पोखराको सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माण भइरहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष कालु गुरुङले जानकारी दिए ।
Comments are closed.