अन्नपूर्ण मार्ग ए टोल विकास संस्थामा मदन द्वा

पोखरा । पोखरा महानगरपालिका वडा नं १० अन्तर्गत रहेको अन्नपूर्ण मार्ग ए टोल विकास संस्थाको अध्यक्षमा मदन द्वा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न आठौं साधारण सभा तथा पाचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

उपाध्यक्षमा गम बहादुर पुन, सचिवमा बिन बहादुर गुरुङ, कोषाध्यक्ष देवी थापा मगर छन् । सदस्यहरुमा मोहन गुरुङ, अम्बिका पोखरेल, तारा गुरुङ (क), देउती नेपाली, सुदिप अधिकारि, तारा गुरुङ र विष्णु कुमारी शाह निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक सुरेश श्रेष्ठले जानकारी दिए ।

टोलमा हुने कार्यहरूमा सक्दो पारदर्शिताका अपनाई सबैलाई समेटेर संस्थाको नेतृत्व गर्ने अध्यक्ष द्वाले प्रतिबद्धता व्यक्त गरे । साधारण सभाको उद्घाटन प्रमुख अतिथि पोखरा १० का वडा अध्यक्ष राज कुमार गुरुङले गरेका थिए ।

You might also like

Comments are closed.