अफिन गण्डकी प्रदेशमा अशोक पालिखे

पोखरा । निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्च्युट अफ नेपाल (अफिन)को अध्यक्षमा अशोक पालिखे चयन भएका छन् । मंगलबार सम्पन्न भेलाले गण्डकी प्रदेशको नयाँ कार्य समिति चयन गरेको हो ।

अफिनको गण्डकी प्रदेशको उपाध्यक्षमा डा। गिरधारी शर्मा, सचिवमा ऋषि खतिवडा, कोषाध्यक्षमा डा पुजन शर्मा छन् । सदस्यहरुमा गौतम पौडेल, विश्व घिमिरे, कपिल पोख्रेल र तुलबहादुर राना चयन भए । सल्लाहकारहरुमा डा। पदम बहादुर खड्का, डा। प्रेम पुन र डा। ऋषिराम ढकाल छन् ।

गण्डकी प्रदेशमा स्थापित अस्पतालहरुको सेवा सुविधा र त्यसको गुणस्तरीयतमा वृदि गर्न, हस्पिटलका प्रगतिको मूल्यांकन गर्ने, साथै आइपर्ने समस्याहरुलाई समाधान गर्न सबै निजी अस्पतालहरु एक जुट हुनुपर्ने उद्देश्यका साथ समिति गठन भएको अध्यक्ष अशोक पालिखेले बताए ।

पोखरा लगायत यस प्रदेशका सबै हस्पिटलको प्रगतिका साथै आम सेवाग्राहीहरुलाई अझ गुणस्तरीय स्वास्थ्य सेवा दिन सबै निजी अस्पतालहरु कटिबद्ध हुनुपर्ने उक्त अवसरमा वक्ताहरुको भनाइ थियो ।

You might also like

Comments are closed.