अल्फाञ्जो रिसोर्टको एक वर्ष

आर्थिक आवाज
पोखरा, २४ असोज । अवन्ता ग्रुपले पोखराको खपौदीमा सञ्चालनमा ल्याएको अल्फाञ्जो रिसोर्ट स्थापनाको एक वर्ष पुगेको छ । रिसोर्टले शुक्रबार पहिलो वार्षिकोत्सव मनाउँदैछ ।

पहिलो वार्षिकोत्सवको दिन शुक्रबार अल्फाञ्जो रिसोर्टमा विशेष सांगीतिक कार्यक्रम हुने प्रवन्ध निर्देशक सुवास भट्टराईले जानकारी दिए । शुक्रबारको कार्यक्रममा नवीन के भट्टाई र अतृप्त व्याण्ड विशेष आकर्षण बन्नेछन् । डिजे एनीको पनि प्रस्तुति रहनेछ । कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी रहनेछन् । वार्षिकोत्सव विशेष कार्यक्रम शनिबार पनि हुने भट्टराईले जानकारी दिए ।

साढे ४ रोपनी जग्गामा करिब ५ करोड रुपैयाँको लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । ‘एक वर्षको अवधिमा सोचेभन्दा राम्रो भएको छ,’ सञ्चालक भट्टराईले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको छ ।’ ८ वटा कोठाहरु प्राय बुकिङ रहने गरेको उनले बताए ।

jutta mela

अबको एक वर्ष भित्रमा २२ वटा कोठा सहित सेवा सञ्चालन हुने उनले जानकारी दिए । २ सय जना क्षमताको सभा हल पनि सञ्चालन गरिने उनले बताए । ‘भिजिट नेपाल २०२० लाई लक्षित गरी सेवा विस्तार गर्न लागिएको हो,’ उनले भने ।

स्वीमिङ पुल तथा पर्याप्त पाकिङको सुविधा रहेको रिसोर्टमा बुधबार, बिहीबार, शुक्रबार र शनिबार साँझ ५ देखि ९ बजेसम्म लाइभ म्युजिकको मज्जा लिन सकिनेछ । १ सय ५० जना भन्दा बढी क्षमताको रेष्टुरेन्टको सुविधा रहेको अल्फाञ्जोबाट फेवाताललाई नजिकबाट नियाल्न सकिन्छ ।

You might also like

Comments are closed.