अष्ट्रेलिया जानचाहने विद्यार्थीका लागि एक्स्पर्ट सेमिनारः थापा

‘विद्यार्थीको विश्वास जित्नु नै एक्स्पर्टको सफलता’

रमेश थापा
प्रवन्ध निर्देशक, एक्सपर्ट एजुकेसन, पोखरा

एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा भदौ २३ गते सोमबार ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार’ हुँदैछ । न्युरोडस्थित सिटी स्क्वायरमा हुने ग्राण्ड सेमिनारका सन्दर्भमा केन्द्रित रहेर सञ्चालक रेमशकुमार थापासँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

एक्स्पर्टले ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार आयोजना गर्नुको उद्देश्य के हो ?
एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा भदौ २३ गते (सेप्टेम्बर ९) मा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार’ हुँदैछ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभाबकलाई लक्षित गरी सेमिनार आयोजना गरिएको हो । अष्ट्रेलियाको शैक्षिक नीति, परिवर्तित भिजा पोलिसी, बसाइँसराई, काम तथा रोजगारीका अवसर लगायतका बारेमा पनि विद्यार्थीलाई यथार्थ जानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।

सेमिनारका लागि लक्षित समूह कुनकुन हुन् ?
उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभाबक सेमिनारका लक्षित समूह हुन् । अष्ट्रेलिया जान चाहने र त्यहाँको शिक्षा प्रणााली लगायत विविध विषयमा जानकारी लिन चाहने विद्यार्थीका लागि सेमिनार निकै उपयोगी हुनेछ । पोखरा तथा आसपासका क्षेत्रबाट सेमिनारमा विद्यार्थी सहभागी हुनेछन् ।

jutta mela

सेमिनारमा कसकसको प्रतिनिधित्व रहन्छ ?
सेमिनारमा एक्स्पर्टका अध्यक्ष बद्री अर्याल र एक्स्पर्ट मेल्वर्नका निर्देशक सरोजकुमार शर्मा लगायतको प्रत्यक्ष उपस्थिति रहनेछ । सेमिनारमा अष्ट्रेलियाका १३ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुसँग विद्यार्थीले प्रत्यष भेट्न पाउनेछन् ।

एक्स्पर्टका विशेषताहरु के–के छन् ?
अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको प्रमुख रोजाईमा एक्स्पर्ट परेको छ । सबैभन्दा धेरै विद्यार्थी हामीमार्फत अष्ट्रेलिया जानु भनेको विद्यार्थीले हामीप्रति गरेको माया र विश्वास हो । दक्ष काउन्सिलरबाट हामीले परामर्श सेवा प्रदान गरिरहेका छौं । नेपालमा मात्रै होइन अष्ट्रेलियाको सिड्नी, ब्रिस्वेन, मेल्वर्न, एडिलेड, गोल्डकोष्ट, पारामाटामा पनि एक्स्पर्टका शाखा सञ्जालहरु छन् । नेपालका प्राय मुख्य शहरमा हाम्रो सञ्जाल छ । स्तरीय परामर्श, व्यावसायिक परामर्शदाता तथा पारिवारिक वातावरणमा सेवा प्रदान गर्नु नै हाम्रो विशेषता हो ।

सामाजिक क्षेत्रमा पनि यहाँहरुको सक्रियता देखिनुको कारण के हो ?
सामाजिक उत्तरदायित्वलाई हामीले स्थापनादेखि बहन गर्दै आइरहेका छौं । एक्स्पर्ट फाउण्डेसनमार्फत हामीले सामाजिक गतिविधिहरु सञ्चालन गरिरहेका छौं । विभिन्न विद्यालयमा स्टेसनरी तथा पोशाक वितरण, दन्त शिविर, भूकम्प पीडितहरुलाई सहयोग लगायतका गतिविधिहरुमा हाम्रो सक्रियता छ । नेपालको खेलकुदलाई प्रवद्र्धन गर्न पनि हामी लागेका छौं । विशेष गरी क्रिकेट खेलमा हामीले सहयोग गर्दै आइरहेका छौं । यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।

You might also like

Comments are closed.