असोजको अन्तिम साता पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता हुने

पोखरा, १४ असोज । पोखरामा असोजको अन्तिम साता पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेसन एशोसियसन (केएमइए)को संयुक्त आयोजनामा यही असोज २० गते प्रतियोगिता हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा नेपाल र चीनका गरी करीब ३० टिम सहभागि हुने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा चीनका १० टीम सहभागि हुनेछन् । त्यस्तै नेपालको काठमाडौंसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गरी १० टिम तथा पोखराबाट १० टिमको सहभागिता रहने उनले बाए । चीनबाट १० टिमका लागि ३० जना खेलाडी र अन्य पदाधिकारीहरु गरी ६० आउने संयोजक पालिखेले बताए । प्रत्येक टिममा ३ जना हुने र त्यसमा दुई जना पुरुष १ महिला वा २ महिना १ पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रतियोगिता अन्तर्गत कुल दौडको दुरी ४२.२ किलोमिटर हुने आयोजकले जनाएको छ । जस अन्तर्गत दौड २२ किलोमिटर, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुने टेक्निकल संयोजक यामबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार दौड पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडको बाराहीघाटबाट शुरु हुने दौड गौरीघाट, सहीदचोक, राष्ट्रवैंकचोक, ड्यामसाइड, पार्दी पुल, डेभिड्स फल्स पुल, टिवेटियन क्याम्पहुँदै फुस्रे खोलामा पुगेर साइकल चेञ्ज हुनेछ । त्यहाँबाट पुनः शुरु हुने दौड कमेरे, राम्दीहुँदै मट्टीखानमा पुगेर केहिबेर आराम र ब्रेक फास्ट गर्ने तालिका बनाइएको छ । ब्रेकफास्ट लिएपछि पुनः शुरु हुने साइकल दौड रामकोट हुँदै कुभिण्डे भञ्ज्याङमा पुगेर साइकल ड्रप हुनेछ । त्यसपछि पुनः शुरु हुने दौड उल्लेरी, खरिखानी, भयँरथान, पैयुँ चौतारी, भुम्दी, ओख्लेडाँडा, तुम्बे चौतारी, च्याल्खुडाँडा, मोतिराजचोक, स्वाँरा, लुकुनस्वाँरा, गौरी प्राविहुँदै शान्ति स्तुपा र त्यसपछि लिचिबोटमा पुगेर डुंगा दौड शुरु हुनेछ । फेवातालको स्विमिङ पुल घाटमा आएर दौड सकिने गुरुङले जानकारी दिए ।

jutta mela

प्रतियोगिता गर्नुको मुख्य उद्धेश्य खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउनु रहेको आयोजकले जनाएको छ । उनले चिनिया पर्यटक भित्राउनका लागि यो मेघा इभेन्ट गर्न लागेको प्रष्ट पारे ।

नेपाल ट्रायथोलन संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका प्रदेश सांसद तथा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटन प्रवद्र्धनका लागि यस्ता इभेन्ट भइरहन आवश्यक रहेको बताए । उनले यसलाई आगामी दिनमा पनि निरन्तरता भने दिनुपर्ने बताए । उनले पर्यटन वर्षको संघारमा सरकारले बोकेको संकल्प पूरा गर्नका लागिपनि यसले सघाउने विश्वास व्यक्त गरे ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले साहसीक खेलकुदका गतिविधी पर्यटको बसाई (नाइट अफ स्टे) बढाउन सघाउने बताए । उनले तत्काल प्रतिफल नदेखिएपनि कालान्तरमा यसको प्रभाव देखिने बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि चीनको कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेसन एशोसियसन (केएमइए)ले खेलाडीको आउने, जानेलगायतको खर्च गर्ने बताइएको छ । पोखरामा खेलाडीलाई बस्ने, खाने (लजिङ, फुडिङ) को ब्यबस्था पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्डको सहयोगमा गर्ने संयोजक पालिखेले बताए । प्रतियोगितामा नाम दर्ताका लागि भने प्रतियोगि आफैले शुल्क तिर्नुपर्ने भएको छ । विदेशी खेलाडीको लागि प्रति व्यक्ति ३० र टिमका लागि ९० डलर तथा नेपालीका लागि निःशुल्क गरिएको जनाइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई ट्रफी र मेडल प्रदान गरिने तथा चीनको जेहाऊमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउने जनाइएको छ ।

You might also like

Comments are closed.