आँबुखैरेनीमा पेट्रोलियम भण्डारण केन्द्र बनाईने

तनहुँ, २३बैशाख
गण्डकी प्रदेशले  आँबुखैरेनी गाउँपालिका २ स्थित मार्किचोकको ४ सय रोपनी क्षेत्रफलमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र बनाउनको लागी  जग्गा छनोट गरी संघ सरकारलाई सिफारिस गरेको हो ।

मस्र्याङदी नदीको किनारमा ६० रोपनी सार्वजनिक जग्गा र ३ सय ४० रोपनी ब्यक्तिगत जग्गा अधिग्रहण गरी ९० हजार किलोलिटरको पेट्रोलियम भण्डारण केन्द्र बनाईने प्रदेश सरकारले जनाएको छ । तनहुँको आँबुखैरेनीमा उपयुक्त हुने ठहर गर्दै संघ सरकारलाई सिफारिस गरेको सरकारका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिए ।

कम्तिमा ३ महिनाका लागि आवश्यक डिजेल पेट्रोल भण्डारण गर्न सक्ने ठाउँ हेरिएको मन्त्री बस्नेतले जानकारी दिए । विभिन्न ठाँउको जग्गाहरुको अध्ययन र अवलोकन गरेपछि आँबुखैरेनीमा उपयुक्त ठाँउ हुने समितिले ठहर गरेपछि सिफारिस भएको हो ।  पेट्रोलियम पदार्थको भण्डारणका लागि विभिन्न ६ स्थानका जग्गा सिफारिस भएका थिए ।

jutta mela

तनहुँकै शुक्लागण्डकी नगरपालिका –३ को गाछेपानीमा रहेको २ सय रोपनी जग्गा, त्यस्तै शुक्लागण्डकी ८ मा रहेको तिब्बेतियन क्याम्पसँग जोडिएको जग्गा, तनहुँमै रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास प्रतिष्ठान नजिकको जग्गा, आँबुखैरेनीको मस्र्याङदी जलविद्युत आयोजनाको ड्याम नजिक मार्किचोकमा रहेको जग्गा, गोरखकाली रवर उद्योग र पालुङटार नगरपालिका क्षेत्रको जग्गा सिफारिस भएका थिए ।  यि मध्ये आँबुखैरेनीको जग्गा उपयुक्त हुने ठहर गर्दै संघ सरकारलाई सिफारिस गरिएको हो ।

You might also like

Comments are closed.