आइएसओ सर्टिफाइड प्रतिभा मावि, ३४ वर्षदेखि निरन्तर शिक्षा सेवामा समर्पित

पोखराको प्रतिष्ठित शिक्षा प्रदायक संस्था प्रतिभा मावि २०४३ सालदेखि सञ्चालनमा छ । ३४ वर्षदेखि निरन्तर सञ्चालित प्रतिभा मावि आइएसओ सर्टिफाइड विद्यालय हो । पोखराका दक्ष तथा अनुभवी शिक्षक तथा प्राध्यापकको पहलमा खुलेको प्रतिभा नेपाल नै उत्कृष्ट विद्यालय मध्येमा पर्न सफल छ ।

गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्न सफल प्रतिभा माध्यमिक विद्यालय पोखराको पालिखेचोकमा अत्याधुनिक तथा सुविधा सम्पन्न भवनमा संचालित छ । विद्यालयले समयसापेक्ष विधी तथा उच्चतम प्रविधिको प्रयोग गरी अध्ययन अध्यापन गर्दै आएको अध्यक्ष नारायण पौडेल बताउँछन् । ‘शिक्षण सिकाईमा विद्यार्थीमैत्री विधि तथा प्रविधिको प्रयोग गर्छौं,’ उनले भने ।

२०६० बाट प्लस टु मा म्यानेजमेन्ट पढाई शुरु गरेको प्रतिभाले २०६८ मा विज्ञान संकाय पनि थप ग¥यो । प्रतिभामा विज्ञान, व्यवस्थापनसहित र होटल व्यवस्थापनको पनि अध्यपन हुँदै आइरहेको छ । शिक्षकको काम प्रतिको लगनशीलता तथा विद्यार्थीको मेहनतका कारण विद्यालय उत्कृष्ट बन्न सफल भएको अध्यक्ष पौडेलको विश्वास छ । ‘स्कूलले उत्कृष्ट परिणामको साथ सफलतापूर्वक प्लस टु का एक दर्जन भन्दा बढी ब्याचहरू उत्पादन गरेको छ,’ उनले भने, ‘विद्यार्थी हरेक क्षेत्रमा उत्कृष्ट बनेका छन् ।’ जेहेन्दार तथा विपन्न विद्यार्थीको लागि विभिन्न छात्रवृत्ति पनि विद्यालयले प्रदान गर्दै आइरहेको पौडेलले बताए ।

कर्मचारी, विद्यार्थी र अभिभावकसँग सहकार्य गरेर शैक्षिक उपलब्धी र व्यक्तिगत बृद्धिका लागि प्रभावकारी शैक्षिक वातावरणको माध्यमबाट विद्यालयमा पढाइ भइरहेको विद्यालयका प्राचार्य विश्वगोपाल पराजुली बताउँछन् । ‘विद्यार्थीको व्यक्तिगत तथा शैक्षिक गुणस्तरमा ध्यान दिई देशको सच्चा नागरिक बनाउने उद्देश्य विद्यालयको छ,’ पराजुली भन्छन्, ‘आत्मकेन्द्रित नभई सामाजिक व्यक्ति बन्नुपर्छ भन्ने कुरा पनि विद्यार्थीलाई सिकाउँदै आएका छौं ।’ विद्यार्थीहरूको शैक्षिक क्यारियर विकास गर्नुका साथै रचनात्मक बन्न प्रेरित गर्ने विद्यालयको उद्देश्य रहेको बताउँछन् पराजुली ।

लकडाउन तथा कोरोना महामारीको समयमा विद्यालयले विद्यार्थीलाई अनलाइन शिक्षा प्रदान ग¥यो । शुरुमा १०, ११ र १२ कक्षाका विद्यार्थीलाई मध्यनजर गरी अनलाइन कक्षा सञ्चालन गरेको विद्यालयले १ देखि ९ कक्षाका विद्यार्थीलाई समेत अनलाइन कक्षामा जोड्न सफल रह्यो । समय सापेक्ष अध्ययन अध्यापनका कामलाई विद्यालयले अगाडि बढाउँदै आएको पराजुली बताउँछन् । कक्षा ११ बाट नै प्रि मेडिकल र इन्जिनियरिङको तयारी कक्षा सञ्चालन हुने पोखराको एक मात्र विद्यालय पनि हो प्रतिभा मा.वि ।

jutta mela

गत वर्ष कक्षा १२ को नतिजामा ३.९२ जिपिएसहित प्रतिभा विद्यालयका सुरती पाण्डे देशकै सर्वोत्कृष्ट विद्यार्थी बनेकी थिइन् । प्रतिभाका मेधावी छात्र जे एन मीलनले काठमाडौं विश्वविद्यालयद्वारा लिइने एमविविएस परीक्षामा १ नम्बरमा नाम निकाली इतिहास रच्न सफल भएका थिए । गत वर्ष प्रतिभाकै छात्रा सुमिना गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा एमविविएस अध्ययन गर्ने छात्रा बनिन् । गत वर्ष हिसान कास्कीद्वारा आयोजित छात्र बास्केटवलतर्फ प्रथम र छात्र भलिवलतर्फ तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् प्रतिभाका विद्यार्थी ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले नेपाली क्रिकेटका उदयमान नक्षत्र सन्दिप लामिछाने र नेपाली राष्ट्रिय महिला भलिवल टिमको क्याप्टेन अरुणा शाहीलाई १ लाख रुपैयाँ सहित पुरस्कृत गरिसकेको छ । हरेक वर्ष प्रतिभा वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको विद्यालयले काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्मालाई प्रतिभा विशेष व्यक्तित्व पुरस्कार सहित सम्मान ग¥यो ।

पोखरामा धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयसमेत प्रतिभा मावि हो । कक्षा ११ र १२ मा मात्रै अहिले १ हजार १२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ ।

‘उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सफल प्रतिभामा पुस्तकालयको राम्रो व्यवस्था छ,’ पराजुलीले भने, ‘औपचारिक शिक्षासँगै विद्यार्थीलाई विभिन्न अतिरिक्त तथा रचनात्मक कार्यक्रम पनि विद्यालयमा हुने गरेका छन् ।’ खेलकुदका गतिविधि पनि सञ्चालन हुन्छन् । ‘अतिरिक्त क्रियाकलाप अन्तर्गत उत्प्रेरणत्मक कार्यक्रमहरु निरन्तर हुन्छन्,’ पराजुलीले भने । टाढाका विद्यार्थीलाई मध्यनजर गरी होस्टल पनि विद्यालयले संचालन गरेको छ भने स्वच्छ तथा स्वस्थ खाना तथा खाजाको लागि क्यान्टिन पनि सञ्चालनमा रहेको पराजुलीले जानकारी दिए । ‘हामी गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्छौं,’ उनले भने ।

You might also like

Comments are closed.