आइटीएफ टेनिसमा एकलतर्फ प्रि.क्वाटर र डबल्सतर्फ क्वाटरफाइनल सम्पन्न

पोखरा, १ फागुन
अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता अन्तर्गत बुधबार एकलतर्फ प्रि.क्वाटरफाइनल तथा डबल्सतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

पुरुष एकलतर्फको प्रि. क्वाटरफाइनल खेलमा जापानका केइजु मियाकेले भारतका दिपेन्दर ग्रेवाललाई ६–४, ६–२ ले पराजित गरेका छन् । त्यसैगरि जापानका जेनी इनोले भारतका आदित्य बरदान राय चौधरीलाई ६–२, ७–५ ले, अमेरिकाका हनु पटेलले चाइनाका माइ गाओलाई ७–५, ६–२ ले, मलेशियाका जियान क्योङ्ग ताकेशिले अष्टे«लियाका निकोलास मोजरलाई रिटायर्ड हर्ट (०–१) मा, भारतका उदयबिर सिंहले अष्टे«लियाका मार्को प्याभिसिकलाई ६–१, ६–१ ले, चाइनाका चेन लियाङले भारतका अर्जुन गोहाडलाई ७–६, ६–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।

महिला एकलतर्फको खेलहरुमा भारतका रेन्नी सिंग्लाले भारतकै श्रृष्टि धिरलाई ६–०, ६–० ले, बुल्गेरियाका भिक्टोरिया भेलेभाले चाइनाका जिछुअन जेङलाई ६–१, ६–० ले, ताइवानका लि हस्न लिनले श्रीलंकाका अञ्जलीका कुरेरालाई ६–०, ६–० ले, चाइनाका इटोङ झाङले ताइवानका स्किया कुङ्गलाई ६–१, ६–० ले, हंगेरिका अन्ना लाजोसले नेपालका एनी माथेमालाई ६–१, ६–१ ले, भारतका रिया बोभेजाले जापानका रिया ओहोनोलाई ७–६, ६–३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

पुरुष डबल्सतर्फ मलेशियाका जियान क्योङ्ग र फिलिपिन्सका जोसे एन्टोनियो ट्रियाको जोडीले भारतका पस्र्वा बभिसि र कोरियाका जि हुन कोङ्गको जोडीलाई ६–१, ६–२ ले, जापानका जेनी इनो र केइजु मियाकेको जोडीले चाइनाका चेन लियाङ्ग र भारतका फैज नस्यामको जोडीलाई ६–४, ७–५ ले पराजित गरे । महिलातर्फको डबल्समा चाइनाका ले यु लियु र इटोङ्ग झाङ्गको जोडीले नेपालका अभिलाषा विष्ट र श्रीलंकाका अञ्जलीका कुरेराको जोडीलाई ६–०, ६–० ले, चाइनाका युछुन लुओ र जियु झाङ्गको जोडीले भारतका अमिक किरण र हंगेरीका अन्ना लाजोसको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

You might also like

Comments are closed.