आईसीसी विश्वकप सुपर लीग शुरू हुँदै

एजेन्सी । आईसीसीले क्रिकेट विश्व कप सुपर लिगको शुरुवातको घोषणा गरेको छ । सुपर लिगले २०२३ क्रिकेट विश्व कपको लागि योग्यता निर्धारण गर्नेछ ।

२०२३ को ५० ओभर विश्वकपको लागि योग्यता निर्धारण गर्न नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय सुपर लिग यस हप्तादेखि सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार उक्त घोषणा गरेको हो ।  विश्व चैम्पियन इङल्याण्ड र आयरल्यान्डबीच साउथ्याम्प्टनमा आगामी बिहीबार लिगको उद्घाटन खेल हुनेछ ।

You might also like

Comments are closed.