काठमाडौ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३२० रुपैयाँ , हरियो अंगुर २०० रुपैयाँ, अनार ३५० रुपैयाँ, अम्बा १५० रुपैयाँ, आभोकाडो ३५० रुपैयाँ रहेको छ ।
त्यस्तै, रातो आलु ३२ रुपैया, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ४० र तराई ३५ रुपैयाँ , कागती १३० रुपैयाँ, काँक्रो लोकल ६० रुपैयाँ र हाइब्रीड ६०, अकबरे खुर्सानी ३५० रुपैयाँ पुगेको छ । हरियो खुसार्नी बुलेट ८०, माछे ९० रुपैयाँ र सुकेको खुर्सानी ४८० रुपैयाँ छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, टनेल गोलभेडा २० रुपैयाँ , गोलभेडा ठूलो नेपाली ६० रुपैयाँ, गोलभेडा ठूलो भारतीय ६० रुपैयाँ २० रुपैयाँ राजमा घिउ सिमी १०० रुपैयाँ, कोबी ६० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ छ भने कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४१ रुपैयाँ, हरियो प्याज १३० रुपैयाँ रहेको छ ।
Comments are closed.