आजको तरकारी बजार, कुनको मूल्य कति ?

काठमाडौ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २६५ रुपैयाँ, हरियो अंगुर १६३ रुपैयाँ, अनार ३३० रुपैयाँ, अम्बा १४० रुपैयाँ, आभोकाडो ३२५ रुपैयाँ रहेको छ ।

त्यस्तै, रातो आलु २९ रुपैया, सेतो आलु २१ रुपैयाँ, स्थानीय काउली ३६ र तराई २५ रुपैयाँ , कागती १२४ रुपैयाँ, काँक्रो लोकल ७५ रुपैयाँ र हाइब्रीड ४६, अकबरे खुर्सानी ३२५ रुपैयाँ पुगेको छ । हरियो खुसार्नी बुलेट ७५, माछे ८७ रुपैयाँ र सुकेको खुर्सानी ४६५ रुपैयाँ छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २३ रुपैयाँ, गान्टे मूला ६७ रुपैयाँ, टनेल गोलभेडा १३ रुपैयाँ , गोलभेडा ठूलो नेपाली ४५ रुपैयाँ, गोलभेडा ठूलो भारतीय ४७ रुपैयाँ राजमा घिउ सिमी ८७ रुपैयाँ, कोबी ५६ रुपैयाँ, चमसूरको साग ८७ रुपैयाँ छ भने कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, तितो करेला ११५ रुपैयाँ, तोरीको साग ४७ रुपैया, भारतीय सुकेको प्याज ४१ रुपैयाँ, हरियो प्याज ११७ रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.