आजबाट नेपालमा पानीजहाज कार्यालय, पानीजहाज चल्ने कहिले ?

काठमाडौं, २ फागुन ।
बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी नारानै बनाएका थिए, नेपालको आफ्नै पानीजहाज हुनेछ । नाकाबन्दीका बेलामा उनले गर्ने भाषणमा हरेक पटक पानीजहाजको चर्चा हुथ्यो ।

नेपालको आफ्नै पानीजहाज कहिले चल्ने त्यो निश्चित नभए पनि पानीजहाज कार्यालय भने स्थापना भएको छ । नेपालमा पानीजहाज कार्यालय आजबाट सञ्चालन हुँदैछ । एकान्तकुनामा रहने पानीजहाज कार्यालयको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । १६ जना कर्मचारीसहित कार्यालय सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.