काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३२० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो ।
Comments are closed.