आज बस्दै नेकपा सचिवालय बैठक, को बन्ला अबको अर्थमन्त्री ?

काठमाडौं । सत्तारुढ पाटी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । यस अगाडि दुई पटकसम्म स्थगित भएको बैठक आज दिउसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । आजको सचिवालय बैठकको एजेण्डा मन्त्रीमण्डल पुनगर्नठन, पार्टी एकता प्रक्रियाका बाँकी काम लगायत बन्ने पार्टीले जनाएको छ ।

नेतृत्व बिहीन रहेका मन्त्रालयहरु अर्थ, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालयमा प्रधानमन्त्री ओलीले छिट्टै मन्त्री नियुक्त गर्न चाहेका छन् । मन्त्री मण्डल पुनगर्नठनको विषयमा समेत सचिवालय बैठकमा छलफल हुने सम्भावना छ ।

jutta mela

यस अगाडि अर्थमन्त्री रहेका युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि तत्काल प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका थिए । गत बिहीबारको मन्त्रीपरिषद बैठकले उनलाई अमेरिकाको लागि नेपाली राजदूत सिफारिस गरिसकेको छ । रिक्त रहेको अर्थमन्त्रीमा विशेष गरी विष्णु पौडेल र सुरेन्द्र पाण्डेको चर्चा छ ।

यस अगाडि बिहीबार मुख्यसचिव र राजदूत नियुक्तमा पार्टीसँग परामर्श नगरेको भन्दै आलोचित बनेका प्रधानमन्त्री ओली आजको सचिवालय बैठकमा कसरी प्रस्तुत हुन्छन् भन्ने चासोका साथ हेरिएको छ ।

You might also like

Comments are closed.