आज र भोलि पोखरामा ‘ग्रामीण पर्यटन मार्ट’

आर्थिक आवाज
पोखरा, ३१ जेठ । पोखरामा आजदेखि ‘ग्रामीण पर्यटन मार्ट’ हुने भएको छ । ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्डको आयोजना तथा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजना माउन्ट कैलाश रिसोर्ट लेकसाइडमा आज सुरु हुने कार्यक्रम भोलि शनिबारसम्म चल्नेछ ।

नेपाल सरकारले मनाउन गइरहेको भ्रमण वर्ष २०२० का साथै गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक भ्रमण वर्ष २०१९ लाई सफल बनाउन कार्यक्रम आयोजना गरिएको भिटोफका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए । कार्यक्रममा ग्रामीण पर्यटनका सन्दर्भमा सरोकारवालाहरुबीच विभिन्न शेसनमा अन्तरक्रिया हुनेछ ।

क्याप्टेन लिडरसिप ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार राससका वासुदेव पौडेल र कान्तिपुर टिभीका भुपाल गुरुङलाई प्रदान गरिनेछ । आज उद्घाटन कार्यक्रममा ताङतिङका पशमाया गुरुङ र पिप्लेक देउरालीका महेश गुरुङले होम स्टे लिडरसिप अवार्ड प्राप्त गर्नेछन् ।

jutta mela

You might also like

Comments are closed.