पोखरा महोत्सवलाई संघ सस्थाहरुको सहयोग प्रतिवद्धता

पोखरा, १९ पुस । पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी पोखरामा रहेका संघ सस्थाहरुले सहयोग गर्ने भएका छन । सामाजिक क्षेत्रमा छुटटै स्थान ओगट्न सफल युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघका् ८ गते सम्म अमरसिंह चौरमा हुने महोत्सवलाई सहयोग गर्न पोखराका संघ सस्थाहरु एकजुट भएका हुन । युनाइटेड क्लवले बुधबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा पोखरा उपत्यका भित्र रहेका सम्पूर्ण संघ सस्थाहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा वोल्दै टोल बिकास संस्था टोल नगर समन्वय समितीका प्रथम उपाध्यक्ष उत्तम जोशीले पोखरा महोत्सवले सातौ वर्ष सम्म आइपुग्दा महोत्सवकै आयोजना गरी युनाइटेड क्लवले समाजमा छुट्टै सामाजिक छाप छोड्न सफल भएको वताउदै अन्य महोत्सव भन्दा फरक उद्देश्य बोकेको पोखरा महोत्सवलाई सहयोग गर्नु आफुहरुको मुख्य दायित्व रहेको वताए । क्लवले स्थापना कालदेखि हाल सम्म गरेको सामाजिक कामको बारेमा पोखराबासीलाई थाहा भएको वताउदै कालान्तर सम्म पनि पोखरा भित्र रहेका टोलबासीहरुले सहयोग गर्न जरुरी रहेको वताए ।

त्यस्तै टोल बिकास संस्था नगर महिला समन्वय समितीका अध्यक्ष पवित्रादेवी गुरुङले युनाइटेड क्ल्व अन्य क्लव संग तुलना गर्न नमिल्ने र यसको छुट्टै सामाजिक अभियान भएकाले पोखरा महोत्सवमा सहभागी हुनु भनेको सामाजिक क्रियाकलापमा सहभागी हुनु भएकाले यो महोत्सवलाई पोखरा महानगरभित्र रहेका महिला समिती तथा टोल बिकास समितीहरुले सक्दो सहयोग गर्न तयार रहेको वताइन ।

युनाइटेड क्लवका संस्थापक अध्यक्ष तथा पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक हिमालय बख्रेलले युनाइटेड क्ल्वले स्थापना कालदेखिनै पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी आवाज उठाउदै आइरेको सन्दर्भमा आठौ पोखरा महोत्सव सम्म आइपुग्दा पोखरा लेखनाथको पचभैयामा निर्माणधिन चिडियाखानामा वन्यजन्तु उद्धार केन्द्र स्थापना भइसकेको वताउदै महोत्सवकै आयोजनाले सामाजिक कामहरुपनि अगाडी वढिरहेकाले पोखरा महोत्सव अन्य महोत्सव भन्दा भिन्न महोत्सव रहेको वताए ।

पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले पोखरा महोत्सव युनाइटेड क्लवको मात्र महोत्सव नभइ समग्र पोखराको महोत्सव भएको वताउदै महोत्सवको माध्यामबाट सामाजिक अभियानमा सहभागी भइ महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी सवैको सहयोग आवश्यक रहेको वताए ।

आठौ पोखरा महोत्सव संघ सस्था समन्वय उपसमितीका संयोजक सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल बिकास संस्था टोल समन्वय समिती वडा नम्बर १ का अध्यक्ष चन्द्र बहादुर गुरुङ, टोल बिकास संस्था टोल समन्वय समिती वडा नम्बर १७ का अध्यक्ष गीता सुवेदी, पोखरा लेखनाथ महानगर वडा नम्बर १० का कार्यबाहक अध्यक्ष प्रतिभा बि क पोख्रेल, पोखरा लेखनाथ महानगर वडा नम्बर १५ का सदस्य पार्वती कार्की लगायतले वोलेका थिए । क्लवका प्रथम उपाध्यक्ष तथा पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालक पोखरा महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.