आदर्श चौतारीमा सिग्देल

पोखरा,२७ चैत ।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको मंगलबार सम्पन्न पाँचौ अधिवेशनबाट वर्ष २०१९।२० का लागि भरतराज सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा निर्वाचन भएको अधिवेशन बाट प्रथम उपाध्यक्ष मोहन प्रसाद पौडेल, द्धितिय उपाध्यक्ष बसन्तराज कोइराला, तृतिय उपाध्यक्ष सुशिल कोइराला, सचिव रुक बहादुर गुरुङ, क्लब एड्मिनेस्ट्रेटर नारायण बहादुर थापा, कोषाध्यक्ष पोषण राज खनाल, मेम्वरसिप चियर पर्सन माधव न्यौपाने चयन भएका छन् ।

यसै गरी एल सि आइ एफ कोअर्डिनेटर भगवान श्रेष्ठ, क्लब सर्भिस चियरपर्सन सन्जिव वास्तोला, क्लब मार्केटिङ कम्युनिकेसन चियर पर्सन नवराज क्षेत्री, सह–सचिव दामोदर आचार्य, सह–कोषाध्यक्ष शंकर कार्की, टेमर तेजराज वास्तोला, टेलटुईस्टर दिपक घिमिरे चयन भएका छन् । त्यसै गरी निर्देशकहरु सन्जय शर्मा, दिपक न्यौपाने, अमृत ठकुरी, राजु आचार्य र शिव नेपाली चयन भएका छन् ।

प्रमुख अतिथि जि एल टि कोअर्डिनेटर राजु श्रेष्ठले लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले स्थापनाकाल देखि नै सामाजिक तथा मानविय सेवाका उत्कृष्ट कार्यहरु गर्दै आएको बताउँदै निर्वाचित टिमलाइ बधाई दिएका थिए । रिजन २ का रिजन चियर पर्सन माधव प्रसाद पौडेल, जोन चियर पर्सन ऋषिराम रानभाट, क्लबका एक्सटेन्सन चियर पर्सन कमल बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

क्लवका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष वासुदेव कोइरालाले निर्वाचन समितिको संयोजकको रुपमा सहजीकरण गरेका थिए भने क्लबका सचिव बसन्तराज कोइरालाले कार्यक्रम सन्चालन गरेका थिए ।

You might also like

Comments are closed.