आदिवासी जनजातिको भाषा, संस्कृतिमाथि डरलाग्दो रुपमा अतिक्रमण भइरहेको मुख्यमन्त्रीको आरोप

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिको भाषा, संस्कृतिमाथि डरलाग्दो रुपमा अतिक्रमण भइरहेको आरोप लगाएका छन् । तमु प्ये ल्हु संघ लमजुङको सामुदायिक भवन तथा क्होइवो निर्माण सहयोगार्थ पोखरामा आयोजित सांस्कृतिक कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिको भाषा कमजोर बन्दा विकशित भइसकेको नेपाली भाषाले डरलाग्दो रुपमा अतिक्रमण गरिरहेको आरोप लगाएका हुन् । तर अतिक्रमण ग¥यो भनेर मात्रै हुँदैन, ‘उनले भने, ‘आदिवासी जनजाति पनि आफ्नो भाषा, संस्कृति संरक्षणका लागि संरक्षणमा लाग्नुपर्छ ।’

हिजो दहिजस्तो एकजुट भएर बसेको आदिवासी जनजातिलाई कसैले कागती हालिदिएपछि फुट्न थालेको भन्दै उनले बेलैमा सचेत भएर एकजुट भइरहनु पर्ने बताए । उनले राजनीति सपार्न आदिवासी जनजाति नेतृत्वमा आउनुपर्ने बताए । आदिवासी जनजातिहरु सोझा र इमान्दार भएकाले उनीहरु नेतृत्वमा आयोभने राजनीति संग्लिने उनको भनाई थियो ।

मुख्यमन्त्री गुरुङले राज्यले आदिवासी जनजातिको माग सम्बोधन गर्ने सम्झौता पालना नगरेको आरोप लगाए । आइएलओ १६९ पालना गर्ने सम्झौता गरेरपनि राज्यले कार्यान्वन नगरेको उनको आरोप थियो । हामी जुर्मुराएर उठेका बेला राज्यले बाध्य भएर सम्झौता गर्छ,‘उनले भने,‘तर हामी निर्वस्त्र र निर्वल भएका बेला राज्यले प्रहार गर्छ, गरेका सम्झौताहरु पालना गर्दैनन्, त्यसैले सम्झौता पालना गराउनका लागि बेला बेला दवाब दिइरहनुपर्छ ।’

jutta mela

मुख्यमन्त्री गुरुङले आरक्षणको ब्यबस्था गरेर मात्रै आदिवासी जनजातिको उत्थान नहुने बताए । आरक्षणले मात्रै जनजातिको उत्थान नहुने भएकाले आदिवासी जनजातिहरुलाई समान अवसरको सृजना गर्नुपर्ने उनको भनाई छ । आरक्षण केहि समयको लागि मात्र हो,‘उनले भने,‘यसको ब्यबस्थाले मात्रै आदिवासी जनजातिको उत्थान हुँदैन, बरु समान अवसर दिइनुपर्छ ।’ यद्वपी आदिवासी जनजातिलाई समानको अवसरबाट बञ्चित गरिएको उनले बताए । प्रतिष्पर्धा गर भनेर मात्रै हुँदैन,‘उनले भने,‘अहिले आदिवासी जनजातिलाई आरक्षण नदिई समान हैसियतमा दौड भन्नु भनेको दुवै खुट्टा भएको र एउटा खुट्टा भएकोलाई सँगै दौड भन्नुजस्तै हो, अहिले आदिवासी जनजातिको अवस्था त्यस्तै छ ।’ अझै केहि समयसम्म आरक्षण आवश्यक रहेको उनको आसय थियो ।

मुख्यमन्त्री गुरुङले आदिवासी जनजातिलाई राज्यको मूल प्रवाहीकरणमा आउन आग्रह गरे । अरुले राम्रो गरेन भनेर मात्र हुँदैन,‘उनले भने,‘आफूपनि राज्यको मूल प्रवाहीकरणमा आउनुपर्छ, सँधै पेन्सन थाप्ने, घर व्यवहार सम्हाल्ने, औषधी मुलो र चुलोचौकोमा मात्र ध्यान दिएर बस्दा पछि परिन्छ ।’ आदिवासी जनजातिहरु राजनीति, प्रशासनिक निकायलगायतका प्रमुख ठाउँमा पुग्नुपर्ने उनको भनाई थियो । उनले अन्य जातिसँग अलग÷अलग भएर बस्न नहुने भन्दै उनले सबैसँग मिलेर नेतृत्वमासमेत आफ्नो पहुँच बढाएर अघि बढ्न आदिवासी जनजातिहरुलाई आग्रह गरे ।

मुख्यमन्त्री गुरुङले अबको सरकारले कसैलाई काखा र पाखा नगर्ने बताए । साथै उनले आफू प्रदेश सरकारमा एक्लो बृहस्पति भएको बताउँदै आफूलाई सहयोग गर्न र कार्यक्रम माग्नका लागि आउन आग्रह गरे ।

You might also like

Comments are closed.