आधिँखोलाका घरघरमा एनआइसी एसिया बैंक, प्रत्येक नागरिकको खाता खोल्ने अभियान

आर्थिक आवाज
प्रत्येक नेपाली जनताको बैंक खाता खोल्ने सरकारी अभियानमा साथ दिने लक्ष्यसहित एनआइसी एसिया बैंकले स्याङ्जाको आँधिखोला गाउँपालिकामा घरघरमा पुग्ने अभियान सुरु गरेको छ । आधिँखोला गाउँपालिकास्थित वडा नं. १ पञ्चमुलमा मंगलबार एक कार्यक्रमका बीच शाखारहित बैंकिङ कार्यक्रमको शुभारम्भसँगै घरघरमा पुग्ने अभियान सुरु भएको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

बैंकिङ कार्यक्रम सुरु भएसँगै आधिंखोला गाउँपालिकाबाट वितरण गरिने सम्पूर्ण सामाजिक सुरक्षा भत्ता अबदेखि एनआइसी एसियाबाट वितरण गरिनेछ । ‘सामाजिक सुरक्षा भत्ता वितरणसँगसँगै गाउँपालिकाका प्रत्येक नागरिकको बैंक खाता खोल्ने अभियान पनि सुरु भएको छ,’ शर्माले भने, ‘हाम्रा कर्मचारी अब गाउँपालिकाका घरघरमा पुग्छन् ।’ खाता खोल्ने अभियानसँगै वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन हुने शर्माले जानकारी दिए ।

jutta mela

शाखा रहित बैंकिङ कार्यक्रमको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै उनले संघीयताको मर्म अनुसार गाउँगाउँसम्म बैंकहरु पुग्न सुरु भएको बताए ।

गाउँमा बैंक पुगेपछि वित्तीय कारोबार गर्न गाउँपालिका बासीलाई सजिलो भएको प्रदेश सांसद मीनप्रसाद गुरुङले बताए । आफ्नो योजना अनुसार गाउँसम्म बैंकिङ पहुँच पुगेको भन्दै गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले आर्थिक कारोबार गर्दा बैंकबाट नै गर्न आग्रह गरे ।

You might also like

Comments are closed.