आयल्ट्स टिचरलाई दक्ष बनाउन इक्यान कास्कीद्वारा आयोजित तालिम सम्पन्न

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजना तथा वृटिस काउन्सिल नेपालको सहकार्यमा आयल्ट्स अध्यापन गराउने शिक्षकहरुका लागि सञ्चालन गरिएको त्रिदिवसीय तालिम शनिबार सम्पन्न भएको छ । आयल्ट्स अध्यापन गराउने शिक्षकहरुलाई दक्ष बनाउने उद्देश्यले बिहीबारदेखि सञ्चालित तालिम शनिबार सम्पन्न भएको हो ।

तालिममा पोखरा तथा यस आसपासका शैक्षिक परामर्श संस्थाहरुमा आयल्ट्स अध्यापन गराउने शिक्षकहरुको सहभागिता रहेको इक्यान कास्कीका सचिव रुद्रप्रसाद अर्यालले जानकारी दिए । भाषागत रुपमा आयल्ट्स शिक्षकहरुलाई दक्ष बनाउँदै परिणाममुखी शिक्षण विधिमार्फत उत्कृष्ट विद्यार्थी उत्पादन गर्नु कार्यक्रमको लक्ष्य रहेको उनले बताए ।

jutta mela

इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा इक्यानका केन्द्रीय सहकोषाध्यक्ष कर्णबहादुर गुरुङ, कार्यक्रम संयोजक नवीन अधिकारी, इक्यान कास्कीका सचिव रुद्रप्रसाद अर्याल लगायतले आयल्ट्स अध्यापन गराएरै भविष्य (करियर) बनाउँछु भन्नेहरुका लागि तालिम कोशेढुंगा सावित हुने बताए । उनीहरुले सिकेका कुरा अध्यापनका बेला विद्यार्थीलाई हस्तान्तरण गर्नसमेत आग्रह गरे ।

You might also like

Comments are closed.