आयोजक सहारालाई हराउँदै पुलिस पुग्यो आहा रारा गोल्डकपको सेमिफाइनलमा

सन्देश श्रेष्ठ
पोखरा । नेपाल पुलिस क्लव आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । पोखरा रंगशालामा शनिबार भएको क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको समय १÷१ को बराबरी भएपछि थपिएको ३० मिनेटको समयमा कुनैपनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पुलिसका भरत शाह, हेम तामाङ, सुमन सुवेदी र सौजन योक्काहा राईले गोल गरे । पुलिसका अनुप लिम्वुले प्रहार गरेको पेनाल्टी भने सहाराका गोलकिपर अर्पण कार्कीले रोके । पराजित सहाराका २ आशिष गुरुङ र अजय श्रेष्ठले गोल गरे । सहाराका उल्रिच राम्जे र त्रिदेव गुरुङ गोल गर्न असफल भए । उल्रिचले प्रहार गरेको बल पुलिसका गोलकिपर रोसन खड्काले रोके भने त्रिदेवले प्रहार गरेको बल पोल माथिबाट बाहिरियो ।

यसअघी निर्धारित ९० मिनेटको समयमा दुबैले १÷१ गोल गरेका थिए । थपिएको ३० मिनेटमा भने दुबै टिम गोल गर्न असफल भए । आक्रामक रणनीतिमा रहेको पुलिसले ७५ औं मिनेटमा अग्रता लिएको थियो । मैदानको मध्य भागबाट आएको लामो पासलाई नियन्त्रणमा लिदै भरत शाहले दाया साइडबाट फष्र्ट बार च्यापेर हानेको बाया खुट्टे कडा प्रहार सिधै गोलमा परिणत भएको थियो । रक्षात्मक अप्नाउँदै काउण्टर अट्याक रणनीति बनाएको सहाराले १ गोल खाएपछि भने आक्रामक रणनीति अप्नायो । जसको फलस्वरुप खेल सकिन १५ सेकेण्ड मात्र बाँकी रहँदा उसले बराबरी गोल फर्काउन सफल भयो । सहाराले निर्धारित ९० मिनेटको समयको ईञ्जुरी समयको अन्तिम मिनेटको १५ सेकेण्ड मात्र बाँकी रहँदा बराबरी गोल फर्काएको हो ।

jutta mela

शनिबारको खेलमा नेपाल पुलिस क्लवका गोलकिपर रोसन खड्का म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत आइतबार पोखरेलीको प्रिय टिम मनाङ मस्र्याङ्दी क्लब र झापा ११ फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ ।

You might also like

Comments are closed.