आर्थिक चलायमान बनाउन निजी क्षेत्रलाई जोगाउनुपर्छः पालिखे (भिडियोसहित)

पोखरा । नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेले देशमा आर्थिक चलायमान बनाउन निजी क्षेत्रलाई जोगाउनुपर्ने बताएका छन् । आर्थिक आवाजसँग कुराकानी गर्दै  कर तिर्ने व्यवसायीलाई राज्यले संरक्षण गर्नुपर्ने उनले बताए ।

निजी क्षेत्र र सरकार मिलेर काम गर्नुपर्ने उनको भनाइ छ । कोरोना महामारी र लकडाउन पछिको परिस्थितिमा निजी क्षेत्र र सरकार मिलेर काम गर्नसके सफलता मिल्ने उनले बताए ।

कोरोना महामारी र लकडाउनका कारण मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै पालिखेले मनोबल नगिराई काम गर्नुपर्ने धारणा राखे । ‘हामी आफै सुरक्षित भएर काम गर्नुपर्छ,’ उनले भने ।

jutta mela

लकडाउनले मात्रै समस्याको समाधान नहुने बताउँदै उनले सुरक्षाका उपायहरु अपनाएर काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । वैशाख ३० गते भएको मञ्चको १६औं साधारणसभाबाट पालिखे अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

पालिखेसँगको विस्तृत कुराकानीः

Gepostet von Arthik Awaj am Mittwoch, 13. Mai 2020

You might also like

Comments are closed.