आर्मी पनि आहा ! राराको फाइनलमा

पोखरा, १२ फागुन

नेपाली सेनाको त्रिभूवन आर्मी क्लव पोखरामा जारी १७ औं आहा ! रारा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा हिमालयन शेर्पा क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै आर्मी सेमी फाइनलमा प्रवेश गरेको हो ।

भुटानमा भएको प्रतियोगितामा पराजित भएर सिधै पोखरा आएको आर्मीले हिमालयन शेर्पाबिरुद्ध सहज जित निकालेको हो । डेढ महिना अघि इटहरीमा आयोजित मदन भण्डारी गोल्डकपको उपाधि उचालेको आर्मीको जितमा नवयुग श्रेष्ठ नायक भए । उनले १ गोलले पछि परेको आर्मीलाई जीवन दान दिएजसरी जित दिलाए । दोस्रो हाफमा पाएको फ्रिकिकलाई सदुपयोग गरेपछि आर्मी लयमा फर्कियो । नवयुगले खेलको ७१ औं मिनेटमा गोल गरेका हुन् । सन्तोष तामाङले मिलाईदिएको फ्रिकिक पासलाई नवयुगले हेडर गोल गरे ।
लयमा फर्किएको आर्मीले दोस्रो गोल भने ७९ औं मिनेटमा ग¥यो । बराबरी पछि थप हौसिएको आर्मीका लागि दोश्रो गोलपनि नवयुगले नै गरे । शेर्पाका खेलाडीले ब्याक पास दिने क्रममा बल खोसेका जर्जप्रिन्सको किकमा नवयुगले फ्लिक गरेको बलले सिधै जाली चुमेको थियो ।

आर्मीका लागि जर्ज प्रिन्सले गोल गर्दै जित सुनिश्चित गरे । अतिरिक्त समयमा भरत खवासले हानेको सटलाई शेर्पाका गोलकिपर गिरीले डाईभ सेभ गर्ने क्रममा हातबाट रिफ्लेक्ट बललाई जर्ज प्रिन्स कार्कीले खाली पोष्टमा सहजै पोष्टको दिशा दिलाएसँगै आर्मीले शेर्पालाई ३–० ले पराजित ग¥यो । आर्मीको जितमा नायक बनेका नवयुग आइतबारको खेलमा म्यान अफ दी म्याच भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो । बिजयी भएपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले भुटानबाट सिधै पोखरा आएर खेल्दा थकानका कारण उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको बताए । उनले दोश्रो हाफमा भने आफ्ना खेलाडी लयमा फर्किएकाले जित सम्भव भएको बताए ।

पराजित टिम हिमालयन शेपा क्लवका म्यानेजर विजेन्द्र पुडासैनीले आफ्नै खेलाडीको कमजोरीले बराबरी गोल खानु नै हारको कारण बनेको बताए । प्रतियोगिता अन्तर्गत सोमबार सिक्किम युनाइटेड क्लव भारत र थ्री स्टार क्लव आमनेसामने हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।

You might also like

Comments are closed.