आहा ! राराको बचत घटेपछि एकेडेमी सञ्चालनका लागि सहयोगको अपिल

आर्थिक आवाज
पोखरा । सहारा क्लव पोखराको आम्दानी ह्वात्तै घटेको छ । सहारा क्लव पोखराको आयोजनामा हुने आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिताको फाइदा ह्वात्तै घटेको हो । अघिल्लो बर्ष १६ औं संस्करणको आहा ! रारा गोल्ड कपमा २३ लाख ७६ हजार ९७ रुपैंया बचत गरेको सहाराले यस वर्षभने केवल एक लाख ४९ हजार ३ सय २६ रुपैया मात्रै बचत गर्न सफल भएको छ । यस वर्षको आम्दानी अघिल्लो वर्षको तुलनामा करीब ९४ प्रतिशतले कमी हो । यसअघी १५ औं संस्करणबाट सहाराले २७ लाख बढी बचत गर्न सफल भएको थियो ।

शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै सहाराले १७ औं आहा रारा गोल्ड कपबाट ७० लाख ७८ हजार ७ सय ८६ रुपैया आम्दानी भएकोमा प्रतियोगिता सञ्चालन गर्दा ६९ लाख २९ हजार ४ सय ६० रुपैया खर्च भएको जनाएको छ ।

क्लवले गेट टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैया आम्दानी भएको जनाएको छ भने व्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजनार ४ सय ५० रुपैया आम्दानी भएको क्लवका कोषाध्यक्ष तथा अर्थ संकलन उप समिति संयोजक राजु लालचनले बताए ।

jutta mela

प्रतियोगिताबाट आम्दानी घट्नुमा गेट टिकट कम हुनु मुख्य कारण भएको क्लवका अध्यक्ष केशबबहादुर थापाले बताए । उनले प्रतियोगिता हुने÷नहुने अन्यौलताले तयारीमा असर पर्नुका साथै दर्शकपनि घटेको बताए । एन्फाले समयमै आहा ! रारा गोल्डकप प्रतियोगिताको तालिका नबनाईदिदा क्लव अन्तिमसम्मै प्रतियोगिता गर्ने÷नगर्ने अन्यौलतामा रहेको थियो । जसका कारण क्लवले यस पटक दर्शकको मार खेप्नुप¥यो भने गेट टिकेट सोंचेजस्तो सेल नहुँदा आम्दानीसमेत ह्वात्तै घट्यो ।

खर्च घटेपछि सहारा क्लवद्वारा सञ्चालित सहारा एकेडेमी सञ्चालनमा त्यसको प्रभाव पर्ने देखिएको छ । तर क्लवले आम्दानी घटेपनि खर्चको विकल्प खोजिने बताएको छ । क्लवका अध्यक्ष केशबबहादुर थापाले एकेडेमी सञ्चालनका लागि सहयोगको आह्वान गर्ने वा अक्षयकोषको ब्याज प्रयोग गर्ने विकल्पहरु रहेको प्रष्ट्याए । उनले कोषको रक मभने ननिकालिने प्रष्ट पारे । स्मरण रहोस् क्लवले अहिलेसम्म कोषको ब्याजसमेत प्रयोग गरेको थिएन । तर यस वर्ष आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको आम्दानी घटेपछि एकेडेमी सञ्चालनका लागि सहयोगको आह्वान वा कोषको ब्याज प्रयोग गर्ने विकल्प रोज्नुपर्ने क्लवलाई बाध्यता आइपरेको हो ।

You might also like

Comments are closed.