आहा रारा गोल्डकपको सेमीफाइनलमा त्रिभूवन आर्मी

सन्देश श्रेष्ठ
पोखरा । ४ पटक फाइनलमा पुगेर पनि उपाधिविहिन् विभागीय टीम नेपाली सेनाको त्रिभूवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा आर्मीले संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो ।

आर्मीको जितसँगै आहा ! रारा गोल्डकपमा सेमीफाइनल समीकरणपनि पूरा भएको छ । यसअघी थ्रीस्टार, नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लब आहा ! रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

शुरुदेखि नै आक्रमक खेलेको आर्मीले खेलको १५ औं मिनेटमा गोलको खाता खोलेको थियो । आर्मीका लागि सुदील राईले गोलको खाता खोलेका हुन् । उनले नवयुग श्रेष्ठको पासमा फष्र्टबार च्यापेर हानेको प्रहारले सिधै जाली चुमेको थियो ।

jutta mela

एक गोल गरेपछि थप आक्रामक देखिएको आर्मीले ७१ औं मिनेटमा दोश्रो गोल गर्दै अग्रता दोब्बर पा¥यो । आर्मीका लागि दोश्रो गोल नवयुग श्रेष्ठले गरे । तेश्रो गोल भने सब्ष्टिच्यूट खेलाडी विवेक बस्नेतले गरे । ६८ औं मिनेटमा सुदील राईको सट्टामा मैदान छिरेका विवेकले मैदान छिरेको ७ मिनेटमै गोल गरे ।

मंगलबारको खेलमा त्रिभूवन आर्मी क्लबका नवयुग श्रेष्ठ म्यान अफ दी म्याच भए ।

प्रतियोगिता अन्तर्गत बुधबारदेखि सेमीफाइनलका खेलहरु शुरु हुने आयोजक सहारा क्लबले जनाएको छ । बुधबारको पहिलो खेलमा नेपाल पुलिस क्लबबिरुद्ध थ्रीस्टार भिड्ने अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।

You might also like

Comments are closed.