इक्यान कर्पोरेट फुटसलको उपाधि कास्कीलाई

काठमाडौं । इक्यान कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि इक्यान कास्कीले जितेको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा शनिबार काठमाडौंमा आयोजित प्रतियोगितामा कास्कीले उपाधि रक्षा गर्न सफल भएको हो । इक्यान चितवनलाई हराउँदै कास्कीले उपाधि जितेको इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । उपाधि जितेसँगै कास्कीले ५० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

कास्कीले चितवनलाई १–३ गोल अन्तरले पराजित गरेको हो । कास्कीका खेलाडी पूर्ण न्यौपानेले हाइ स्कोररको उपाधि पाएका छन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल रहे । बिगतका दुई संस्करणमा समेत रित्तो हात नफर्किएको इक्यान कास्कीले यस पटक उपाधि नै जित्न सफल भएको हो ।

जितबाट आफूहरु निकै उत्साही भएको इक्यान कास्कीका सचिव रुद्रप्रसाद अर्यालले प्रतिक्रिया दिए । प्रतियोगिताको उपविजेता चितवनले नगद ३० हजार रुपैयाँ, तेस्रो भएको एक्सेलसियाले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।

You might also like

Comments are closed.