इक्यान शैक्षिक मेलाको तयारी तिब्र

आर्थिक आवाज

पोखरा, १६ मंसिर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना गरेको छैटौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारीलाई बनाइएको छ । यही मंसिर २६ देखि २८ गतेसम्म पोखराको सभागृह हलमा हुने मेलालाई सफल पार्न तयारीलाई तिब्र बनाइएको इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए ।

यस पटकको इक्यान शैक्षिक मेला ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने उनले बताए । ब्रिटिस काउन्सिलको प्रस्तुतिमा यसपटकको मेला हुँदैछ,’ उनले भने, ‘अन्य प्रायोजकहरुसँग पनि सहकार्य हुने क्रम जारी छ ।’ टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेजअफ म्यानेजमेन्टले साथ दिएको छ भने एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सीले साथ दिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

jutta mela

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । मेलाको तयारी तिब्र बनाइएको सचिव रुद्रप्रसाद अर्यालले जानकारी दिए । क्यान कास्कीको आफ्नै व्यवस्थापनमा मेला सञ्चालन हुनेछ । विद्यार्थीलाई परामर्श प्रदान गर्न विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले जानकारी दिए ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र उनीहरुका अभिभावकका लागि मेला निकै महत्वपूर्ण हुने कोषाध्यक्ष ओमप्रकाश गैरेले बताए । मेलामा विद्यार्थीलाई निःशुल्क प्रवेश व्यवस्था मिलाउने उनले जानकारी दिए ।

इक्यान शैक्षिक मेलाका स्टलहरु निकै सस्तो मूल्यमा उपलब्ध गराइने बताइएको छ । सदस्यहरुको हितलाई ख्याल गर्दै प्रति स्टल १० हजार रुपैयाँमा उपलब्ध गराइने स्टल व्यवस्थापन उपसमिति संयोजक नसीव क्षेत्रीले जानकारी दिए । ‘पेभेलियनमा सहित मेलामा ६० वटा भन्दा बढी स्टल रहन्छन्,’ उनले भने, ‘इक्यानका सदस्य संस्थाहरुलाई सस्तो दरमा स्टल उपलब्ध गराउने हाम्रो नीति हो ।’ छिट्टै स्टल बुकिङ खूल्ला गरिने उनले जानकारी दिए ।

You might also like

Comments are closed.