इक्यान शैक्षिक मेलाको समापन आज

आर्थिक आवाज
पोखरा, २८ मंसिर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना गरेको ‘छैटौं इक्यान शैक्षिक मेला’ आज सकिदैछ । पोखरा सभागृहमा जारी मेलाको आज साँझ समापन गरिने अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । आज दिनभरी मेला चल्ने भएकाले सहभागी भएर परामर्श लिन सकिने उनले बताए ।

वैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर बुधबारदेखि आयोजित मेलाको आज अन्तिम दिन शुक्रबार विद्यार्थी तथा अभिभाबकको उत्साहजनक सहभागिता रहने आयोजकको विश्वास छ ।

पोखरा सभागृहमा भएको इक्यान शैक्षिक मेलामा बुधबार र बिहीबार विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको अध्यक्ष क्षेत्रीले बताए । मेलामा पेभेलियनमा सहित ७० वटा वैदेशिक स्टल छन् । अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी भएको इक्यान कास्कीका सचिव रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

jutta mela

शैक्षिक मेलामा विद्यार्थीसहित अभिभावक पनि सहभागी गराउने उद्देश्यले मेलामा प्रवेश निःशुल्क गरिएको इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले बताए ।

ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाईमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।

सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन छन् । बैकिङ पार्टनरमा सिद्धार्थ बैंक, प्रभु बैंक र सानिमा बैंक सहभागी भएका छन् । मेलाको होटल पार्टनरमा होटल लेक प्याराडाइजले साथ दिएको छ । ट्राभल पार्टनरमा यमवे टुर्स एण्ड ट्राभल्स रहेको कोषाध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।

You might also like

Comments are closed.