इक्यान शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा, प्रदेश प्रमुखले उद्घाटन गर्ने

आर्थिक आवाज
पोेखरा, २५ मंसिर । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको ‘इक्यान शैक्षिक मेला’को सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजना र व्यवस्थानमा पोखरा सभागृह हलमा आयोजित मेलाको बुधबार गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले उद्घाटन गर्ने इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । मेला ३ दिनसम्म चल्नेछ ।

‘मेला सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ,’ उनले भने, ‘पोखरा बाहिरबाट आउनुपर्ने सम्पूर्ण अतिथिहरु पोखरा आइसक्नुभएको छ । अब हामी उद्घाटनको प्रतिक्षामा छौैं ।’ उच्च शिक्षा अध्ययनका लागि विदेश जाने क्रम बढिरहेको सन्दर्भमा आयोजित शैक्षिक मेलाबाट पोखरा र आसपासका विद्यार्थीहरु लाभान्वित हुने आयोजकको विश्वास छ ।

वैदेशिक शिक्षाबारे आवश्यक पर्ने सम्पूर्ण जानकारी मेलामा प्रदान गरिने मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्दीप अर्यालले जानकारी दिए । विदेशका विभिन्न देशका युनिभर्सिटी तथा कलेजका आधिकारिक प्रतिनिधि मेलामा सहभागी हुनेछन् । विभिन्न देशका विभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधि एउटै स्थानमा भेटेर परामर्श लिन सकिने भएकाले मेला प्रभावकारी हुने सचिव रुद्रप्रसाद अर्यालले बताए ।

jutta mela

मेलामा ७० वटा स्टल रहनेछन् । अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुनेछन् । विद्यार्थीले प्राप्त गर्ने छात्रबृत्तीका विषयमा पनि मेलामा परामर्श प्रदान गरिनेछ ।

ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाईमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।

सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन छन् । बैंकिङ पार्टनरमा मा सिद्धार्थ बैंक, प्रभु बैंक र सानिमा बैंक सहभागी भएका छन् । मेलाको होटल पार्टनरमा होटल लेक प्याराडाइजले साथ दिएको छ भने ट्राभल पार्टनरमा यमवे टुर्स एण्ड ट्राभल्स छ ।

You might also like

Comments are closed.