इक्यान शैक्षिक मेलाको स्टल बुकिङ आज खुलाइने

आर्थिक आवाज
पोखरा, १८ मंसिर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले यही मंसिर २६ देखि २८ गतेसम्म आयोजना गरेको इक्यान शैक्षिक मेलाका लागि आज (मंगलबार) स्टल खुलाउने भएको छ । मेलामा राखिने स्टलहरु निकै सस्तो मूल्यमा उपलब्ध गराइने इक्यानले जनाएको छ ।

इक्यान सदस्यहरुको हितलाई ख्याल गर्दै प्रति स्टल १० हजार रुपैयाँमा उपलब्ध गराइने स्टल व्यवस्थापन उपसमिति संयोजक नसीव क्षेत्रीले जानकारी दिए । आज दिउसो ३ बजे इक्यानकै कार्यालयमा स्टल खुलाइने उनले बताए ।

‘गत वर्ष ३० मिनेटमै सबै स्टल बुकिङ भएका थिए,’ उनले भने, ‘यस पटक पनि केही समयमा नै स्टल बुकिङ सकिने सम्भावना छ ।’ पेभेलियनमा सहित मेलामा ७० वटा स्टल रहने छन् ।

jutta mela

नाफा कमाउने भन्दा पनि सदस्य संस्थाहरुको हितमा मेला आयोजना गरिएकाले सस्तो शूल्कमा स्टल उपलब्ध गराउन लागिएको इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो ।

विदेशका विभिन्न देशका युनिभर्सिटी तथा कलेजका आधिकारिक प्रतिनिधि मेलामा सहभागी हुनेछन् । विभिन्न देशका विभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधि एउटै स्थानमा भेटेर परामर्श लिन सकिने भएकाले मेला प्रभावकारी हुने सचिव रुद्रप्रसाद अर्यालले बताए ।

ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाईमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।

सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन छन् । मेलाको तयारीलाई तिब्र बनाइएको उपाध्यक्ष तथा मेला संयोजक सन्दिप अर्यालले जानकारी दिए ।

You might also like

Comments are closed.