इक्यान शैक्षिक मेलामा दर्जन बढी देशका कलेज र विश्वविद्यालय

आर्थिक आवाज
पोेखरा, २१ मंसिर । यही मंसिर २६ देखि २८ गतेसम्म पोखराको सभागृह हलमा हुुने ‘इक्यान शैक्षिक मेला’मा करिब डेढ दर्जन देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजना र व्यवस्थानमा हुने फेयरमा सकेसम्म धेरै देशका कलेज र विश्वविद्यालयलाई सहभागी गराउने प्रयास भएको इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए ।

अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए । सहभागी प्रतिनिधिलाई प्रत्यक्ष भेटेर विद्यार्थीले आफूलाई जान मन लागेको देश, त्यहाँका कलेज तथा विश्वविद्यालय, शैक्षिक भविष्य, सम्भावना र चुनौतिका विषयमा यथार्थ जानकारी लिन सक्ने रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाईमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।

jutta mela

सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन छन् । बैकिङ पार्टनरमा सिद्धार्थ बैंक, प्रभु बैंक र सानिमा बैंक छन् । होटल पार्टनरमा होटल लेक प्याराडाइजले साथ दिएको छ । ट्राभल पार्टनरमा यमवे टुर्स एण्ड ट्राभल्स छ । मेलामा ७० वटा स्टल रहनेछन् ।

You might also like

Comments are closed.