इक्यान सदस्यलाई स्टलमा प्राथमिकता

नविन अधिकारी (नसिब)
कार्यसमिति सदस्य, इक्यान, कास्की

इक्यान फेयरमा ७० वटा विभिन्न स्टल तथा पेभेलियन छन् । इक्यानका सदस्यलाई प्राथमिकतामा राखेर स्टल विनियोजन गरेका छौं । मेलामा सहकार्य गर्न प्रायोजकहरु पनि हुनुहुन्छ । साथै स्वदेश तथा विदेशमा विभिन्न शैक्षिक संस्था तथा सेवा प्रदायक संस्थाहरुको पनि मेलामा आवद्धता छ । ब्रिटिश काउन्सिल आइएलटिएस पार्टनर हो र यस मेलाको प्रिजेन्टर पनि हो । अष्ट्रेलियामा रहेका विभिन्न कलेज मेलाको प्रमोटेड वाई पार्टनर रहेका छन् ।

इक्यान कास्कीमा सदस्य रहेका प्राय सबैको मेलामा सहभागिता छ । शिक्षा मन्त्रालयबाट स्वीकृती प्राप्त तर इक्यानमा आवद्ध नभएका तर शैक्षिक परामर्श व्यवसाय गरेका संस्थालाई पनि स्थान दिएका छौं । हल भित्रमात्र सीमित नरही बाहिरको खुला स्थानमा पनि वाटरप्रुफ डोम बनाएका छौं, जुन अस्थाई डोम हो । झरी बादलले पनि असर नपार्ने गरी मजबुत ढङ्गले डोमको व्यवस्थापन गरेका छौं ।

jutta mela

यसलाई वातावरणमैत्री पनि बनाएका छौं । सम्पूर्ण स्टल बुकिङ भइसकेका छन् । कास्की भन्दा बाहिरका साथीहरुलाई हामीले समेट्न सकेका छैनौं । यसलाई सुधार गरेर आगामी वर्षमा बाहिरका साथीहरुलाई पनि समेट्ने छौं ।
मेलालाई व्यापारिक हिसावले मात्र नहेरी सामाजिक तथा विद्यार्थी तथा अभिभावकलाई सेवा प्रदान गर्ने अवसरका रुपमा लिएका छौं । मेलाबाट विद्यार्थी तथा अभिभावकले सही सूचना तथा जानकारी प्राप्त गर्नुहुनेछ ।

You might also like

Comments are closed.